निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख : सुवास नेम्वाङ


२१ मंसिर २०७४, बिहीबार
subas nembang

इलाम : पूर्वसभामुख  तथा इलाम क्षेत्र नं २ का प्रतिनिधि सदस्यका उम्मेदवार सुवास नेम्वाङले  इलामकामतदाताले आफूलाई विजयी गराउने बताएका छन् ।  इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट बिहान पहिलो मतदान गर्दे नेता नेम्वाङले संविधानको सफल यस्ताे बताएका हुन् ।subas nembang
उनले मतदानपछि संविधान कार्यान्वयनको लागि यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिए । निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख हुने उनको धारणा थियो ।
यसैगरी इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने  दाबी गरेका छन् । उनले  बिहिबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७