भोजपुरमा साँझ ५ बजेबाट मतगणना सुरु हुने


२१ मंसिर २०७४, बिहीबार
bhojpur district

काठमाडौं: भोजपुरमा साँझ ५ बजेबाट मत गणना सुरु हुने भएको छ । एक प्रतिनिधि सभा र २ वटा प्रदेश सभा रहेको जिल्लामा मङ्सिर १० गते पहिलो चरणमा निर्वाचन भएको थियो ।

bhojpur district
मत गणनको लागि प्रतिनिधि सभाको दुई ठाउँ मतपत्र राखेर गणना गरिने छ । भने, प्रदेश सभाको लागि एक एक ठाउँमा मतगणना हुने व्यवस्था मिलाइएको भोजपुर निर्वाचन कार्यलयले जनाएको छ । तीनै स्थानको मत परिणम एकैचोटी सार्वजानिक गरिने लक्ष्य राखेको पनि बताएको छ । मतगणनाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए ।
मत गणनास्थलको सुरक्षाको लागि नेट जाली लगाइएको छ । मतगणना गर्ने कर्मचारीहरू नेटभित्र रहने छन् । भने, राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने छन् ।
सर्वदलीय बैठकका निर्वाचनको मतगणनाको आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूको समहतिमा निर्माण भएको छ ।
भेजपुरमा पैतिनिधि सभा तर्फ ६५,९५८ अर्थात् (५७.९५) मत खसेको छ । भने क्षेत्र नमबर १ मा ३४,९५८ अर्थात् (५९.८१५) मत खसेको छ । क्षेत्र नम्बर २ मा ३१,००० अर्थात् (५५.९१५) मत खसेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७