काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र मतगणना आज नहुने


२१ मंसिर २०७४, बिहीबार
vote count ktm

काठमाडौं: काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र मतगणना आज नहुने भएका छन् ।  भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने आयोगको तयारी छ । काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलले जानकारी दिए ।vote count ktm

मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने पोखरेलले बताए ।

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७