डा. साब किन कमजोर हुदैछ हाम्रो ‘नैतिक शक्ति’ ?

- राजेश राई

भनिन्छ, संत्याग्रह शान्तिपूर्ण आन्दोलनको सबैभन्दा ठुलो हतियार हो । अझ लोकतन्त्रमा त यो सर्वाधिक शक्तिशाली ‘नैतिक शक्ति’ हो । व्याक्तिगत स्वार्थ र तुष्टीका लागि होइन सार्वजनिक भलाई र अधिकारका मुद्दा उठाउन यो निकै प्रभावी बनेको तथ्यहरु धेरै हामी कहाँ छन् । सत्याग्रहको सबैभन्दा ठुलो बल ‘नैतिक शक्ति’ हो । अमुक वर्ग वा समुदायका लागि नभएर सामुहिक भलाईका लागि गरिएका सत्याग्रहहरु अधिकांस सफल भएका छन् । हुन्छन् । हुनेछन् । त्यो ‘नैतिक शक्ति’ जसलाई सामाजिक स्वीकारोत्ती अनिवार्य हुन्छ । त्यहाँ विवेकपूर्ण समर्थन हुन्छ । हुनुपर्छ । संत्याग्रह मार्फत ठुला राजनीतिक परिर्वतन र सामाजिक रुपान्तरण भएका अनेकौं घटनाहरु सम्झनायोग्य छन् । सम्झिरहेकै छौं । जो हाम्रो लागि प्रिय इतिहास बनेका छन् ।

यसको प्रयोग पश्चिमा मुलुकदेखी हामी कहाँ पनि पटक-पटक भएका छन् । सबैभन्दा ठुलो उदाहरण भारतमा महात्मा गान्धीले गरेको सत्याग्रह हो । भारतमा सन् १९२० को दशकदेखि १९४७ को पूर्वाद्र्धसम्म महात्मा गान्धीले पटकपटक ‘अवज्ञा’ र अनशनद्वारा ब्रिटिस साम्राज्यलाई भारतबाट सदाका लागि बिदा गरे । गान्धीको त्यो अनशन व्याक्तिगत स्वार्थ र तुष्टीका लागि होइन देशको लागि थियो । अमुक वर्गको लागि होइन सबैको लागि थियो । गान्धीले आफ्नो अथवा आफ्नो वर्गलाई होइन देशको स्वार्थलाई केन्द्रमा राखेका थिए ।  र, सफल भयो । गान्धीको अनशन जस्तै यस्ता कैयन तथ्यहरु छन् । संत्याग्रह बदनाम भएको इतिहास उतिधेरै पढ्न पाइएको छैन ।

हो, त्यही ‘नैतिक शक्ति’को बलमा डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि १२ औं पटकको अनशन बसेका छन् । १२ औं अनशन स्थगन गर्दे फेरि १९ असोज २०७४ बाट फेरि बस्ने घोषणा गरेका छन् । २०१४ सालमा रामेछापकको दुर्गम गाउँ माकादुम–सिम्लेमा जन्मेका डा.केसी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एंवम् सर्जन हुन् । राजनीतिक हस्तक्षेप बन्द गरी वरिष्ठताका आधारमा आईओएममा डीन नियुक्त गर्नुपर्ने माग सहित डा.केसी पहिलो पटक अनशन (२१–२४ असार २०६९) बसेका थिए । यो श्रृखला आज दशैंको फुलपातमा १२ औ अनशन स्थगन गर्दासम्म जारी छ । आज (११ असोज २०७४)मा उनले १२ औं अनशन स्थगन गरेका हुन् । केसीले आमरण अनशनस्थलमै दसैँ मनाउने बताएका थिए । उनले आमरण अनशनस्थलमै आफ्नो आमाको हातबाट दसैँको टीका लगाउने योजना रहेको बताएका थिए । उनले भनेका थिए , ‘मेरो बुढी आमा हुनुहुन्छ । म हिन्दू धर्मावलम्बी हुँ । आमाको हातबाट टीका लगाउँछु ।’ तर, फेरि निर्णय बदलेर अनशन रोके ।  फेरि १९ असोज २०७४ बाट फेरि बस्ने घोषणा गरेका छन् । यो श्रृखलाले अनशन भन्ने बित्तिकै डा.केसी, डा.केसी भन्ने बित्तिकै अनशन भनेर सम्झिने अवस्था निर्माण भएको छ ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दैं डा. केसी असोज ९ गतेदेखि १२ औं अनशनमा थिए । डा. केसीले आफ्नो १२ औं अनशन दशैंको कारण देखाएर स्थगित गरे ।

त्रिवि कार्यकारिणी परिषद्ले वरिष्ठताका आधारमा डा. कुमुदकुमार काफ्लेलाई आईओएमको डीन नियुक्त गर्ने सहमती पछि पहिलो अनशन (२१–२४ असार २०६९) तोडेका थिए । तर, त्यो पहिलो अनशन रहेन, नयाँ माग सहित अनशनका अन्तहिन श्रृखला जारी रह्यो । जारी छ । यसबिचमा सरकारसँग ९ पटक सहमति भयो । गत वर्ष भएको १० औं अनशन २२ दिनमा टुंगिएको थियो । डा. केसीले मधेस आन्दोलन तथा नाकाबन्दी परेर सातौं र दसैं परेर नवौं अनशन बिनासम्झौता स्थगित गरेका थिए । यसपटकको ११ औं अनशन मधेसमा आएको बाढीको कारण उनले विना सम्झौता स्थगित गरेका हुन् । यसबिचमा मुलुकका ६ जना कार्यकारी प्रमुख फेरिए । हरेक कार्यकारी प्रमुखले डा.केसीको अभियान र आन्दोलनलाई गलत भन्ने आँट गरेनन् । तर, सही भनेर उनको माग सम्बोधन गरेर कार्यान्वयन पनि गर्न सकेन ।

चिकित्सा शिक्षाको निकै लामो इतिहास छ । सन् १८९० मा वीर अस्पतालको स्थापनाबाट सुरु भएको इतिहास आजसम्म आइपुगेको छ । २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि चिकित्साशास्त्र संस्थान स्थापना भयो । २०४९ सालपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्रबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । तथ्यहरुका अनुसार हाल नेपाल मेडिकल काउन्सिलमा १५ हजार ६ सय ६६ चिकित्सक दर्ता भएका छन् । नेपाल मेडिकल कलेज र विदेशमा अध्ययन गरेर फर्किएका चिकित्सक जोडेर हेर्दा अबको १५ वर्षपछि यो संख्या ५४ हजार ६ सय ६६ पुग्ने अनुमान गरिएको छ । विशेषज्ञहरूले अबको १५ वर्षमा नेपालको जनसख्या ३ करोड ५५ लाखभन्दा बढी हुने र त्यसको निम्ति ३५ हजार ५ सय ३८ चिकित्सक चाहिने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठनले प्रति १० हजारबराबर एक चिकित्सक हुनुपर्ने उल्लेख गरेको छ । तथ्य यो छ । डा.केसीले केसीको मुख्य सरोकार मेडिकल कलेजलाई जथाभावी सम्बन्धन दिन हुदैन भन्नेमा छ । खैर यो आलेख यतातिरको बहसको लागि होइन । डा.केसीको माग कस्तो, कस्को ? भन्नेतिर यो आलेख होइन । संत्याग्रहको नैतिक शक्ति कमजोर हुदैछ ? भन्नेतिर हो ।

यसबिचमा सरकारले डा.केसीसँग ९ पटक सम्झौता गरेको छ । तर, ती सम्झौताहरु आजसम्म कार्यान्वयन नभएको डा.केसीले बताउँदै आएका छन् । हाम्रो सरकार नागरिक र सरोकारवाला निकायसँग सम्झौता गर्छ तर कार्यन्वयन गदैन । हो, यो सरकारको गैरजिम्मेवारी, अकमण्र्यतया र उदाशिनताको निलज्र्ज तस्बिर हो । १२ औं पटकसम्म अनशन बस्दा समेत सरकार अकर्मण्य बन्नु आफैंमा उदेकलाग्दो त छ नै । यता डा.केसीको आन्दोलन समग्र चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि नै भन्नेमा आशंका गर्नुपर्ने कारण पनि रहेन होला ? तर सत्याग्रहको सबैभन्दा ठुलो बल ‘नैतिक शक्ति’ यतिधेरै किन कमजोर हुदैछ ? भन्ने प्रश्न अब उब्जिएन र ?

डा. केसीको आमरण अनसनको समयचित्र :-

‘नैतिक शक्ति’ किन कमजोर ?


जब डा.केसीको आमरण अनशन सुरु हुन्छ, नेपालका सबैजसो क्षेत्र र निकायको ध्यान जान्छ । नेपालका सञ्चार माध्यमदेखी चिया चौतारोका सामान्य नागरिकलाई समेत उनको आमरण अनशनले तान्छ । सत्ता र सरकारमा पनि खैलाबैला जस्तै हुन्छ । चिकित्सा क्षेत्र आन्दोलित हुन्छ । चिकित्सकहरु उपचार गर्ने छोडेर सडकमा आउँछन् । बिरामीहरुले उपचार पाउदैनन् । त्यसपछि सरकारले सम्झौता गर्छ । डा.केसीले अनसन तोड्छन् । तर, जब डा. केसीले सहमित गरेर अनशन तोड्छन् त्यो बेलादेखि सबै चुपचाप हुन्छ । जब फेरि सहमति कार्यान्वयन भएन भनेर केसीले फेरि आमरण अनशन सुरु गर्छन् त्यतिबेला फेरि नयाँ चर्चा सुरु हुन्छ । यो अन्तहिन श्रृखला विगत ५ बर्षदेखि चलिरहेको छ ।

यतिधेरै सञ्चार क्षेत्र र नागरिक समाजको समर्थन प्राप्त आन्दोलनबाट भएका सहमति नै कार्यान्वयन हुदैन भने अन्य सहमति र सम्झौताको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । नागरिक अधिकार प्रत्याभूति दिलाउन राज्य कति निरीह छ भन्ने नजीरका रुपमा पनि यसलाई लिन सकिन्छ । यसबिचमा भएका ६ सरकार प्रमुख र शिक्षामन्त्रीले गरेका सम्झौता कार्यान्वयन हुन नसक्नु हाम्रो राज्यको कस्तो बाध्यतामा छ ? हामी कहाँको राज्य संरचनाको बारेमा यो घटनाले धेरै बोल्छ ।

तर,

डा.केसीको माग र अनशनको श्रृखला हेर्दा डा.केसीले पनि आफूलाई एकपटक समिक्षा गर्न आवश्यक देखिन्छ । सत्याग्रहको सबैभन्दा ठुलो बल ‘नैतिक शक्ति’ हो । त्यो ‘नैतिक शक्ति’ जसलाई सामाजिक स्वीकारोत्ती अनिवार्य हुन्छ । सबैको विवेकपूर्ण साथ र समर्थन आवश्यक छ । यसको बलमा स्थापित मान्यता र निर्मित नियम समाजका लागि अमुल्य छन् । नागरिकको विवेकपूर्ण नैतिक बलमा भएका यस्ता आन्दोलन र अभियानको सम्मान सबैले गर्नुपर्छ । तर, क्रमस मागहरु थप्दै जाने सम्झौता गर्दै जाने तर कार्यान्वयनमा नहुदा ‘नैतिक शक्ति’को बल कमजोर  हुदैछ भन्ने तथ्यतिर पनि डा.केसीले फर्केर हेर्नुपर्छ । अमुक वर्गको स्वार्थ र निश्चित समुहको तुष्टीका लागि होइन सार्वजनिक भलाई र अधिकारका लागि यो आन्दोलन हो भनिएकै छ ।

यदि डा.केसीको अभियान र आन्दोलनको ‘नैतिक शक्ति’ क्रमस कमजोर भए उनलाई मात्रै होइन नेपालको नागरिक आन्दोलनलाई समेत निकै गम्भिर क्षति हुन्छ । त्यस कारण यो तथ्यप्रति डा.केसी र आम नागरिक समाज समेत सचेत हुन जरुरी देखिन्छ । समंग्र चिकित्सा क्षेत्र र स्वास्थ्य सेवाको लागि गरिएको आन्दोलनले कुनै एउटा निश्चित संस्थामाथि पूर्वाग्रह राख्दा ‘नैतिक शक्ति’ कमजोर भयो की भन्ने मतहरुलाई पनि फर्केर हेर्ने समय भयो की ? कुनै संस्था वा वर्गको विरुद्ध होइन समंग्र चिकित्सा क्षेत्र र स्वास्थ्या सेवाको सुधारको निम्ती आन्दोलन बढी केन्द्रीत भयो की भएन ? भनेर समिक्षा गर्न ढिला भयो की ?  हो, संत्याग्रहको ‘नैतिक शक्ति’ कमजोर हुनु भनेको हाम्रो लागि दुःखको बिषय हो । तर, डा.केसीको संत्याग्रहलाई त्यो उचाईको ‘नैतिक शक्ति’ आर्जन भयाे की  भएन ? भएन भने किन भएन ? यदि भयो भने  १२ औ पटक अनशन स्थगनको जानकारी दिदै गर्दा १३ औं अनशनको घोषणा गर्नु पर्ने बाध्यता परिररहेको छ ?

 

 

यसमा तपाईको प्रतिक्रिया