ललितपुर क्षेत्र नं. १ मा एमाले उम्मेदवार नवराज सिलवालको अग्रता


२२ मंसिर २०७४, शुक्रबार
Nawaraj Silwal

ललितपुर: ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।

Nawaraj Silwal
प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।
नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७