काठमाडौं–४ मा गगन थापा विजयी, डा. राजन भट्टराई पराजित
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा विजयी भएका छन् । उनले एमालेका डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्।
थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए। थापा काठमाडौं ४ का साविक विजेता पनि हुन् ।