रामचन्द्र पौडेललाई फराकिलो मतान्तरले पछि पर्दै श्रेष्ठ अगाडी, यसतो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
Kishan Shrestha VS Ramchandra Poudel Tanahu

दमौली: तनहुँ नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि परेका छन्।Kishan Shrestha VS Ramchandra Poudel Tanahu

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका मकछन्। सोही क्षेत्रबाट उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

क्षेत्र नं १ को प्रदेशसभा ९क० मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए।

त्यस्तै तनहुँको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (क) मा काँग्रेसका प्रदीप पौडेलले छ हजार ४ ५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका ध्रुव वाग्लेले आठ हजार ५७२ र एमालेका किरण गुरुङ्गले आठ हजार ९९२ मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७