दुहवी गोल्डकपको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी


२५ मंसिर २०७४, सोमबार
duhabi gold cup 15

बेलबारी : सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ को दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । duhabi gold cup 15
आईताबार त्रिभुवन आर्मी क्लब र मोरङ ११ बिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि ट्राईब्रेकरमा ३– १ गोल गरी त्रिभुवन आर्मी विजयी भएको हो ।
खेल सुरु भएको १३ मिनेटमा मोरङ ११ का जर्सी नं.७ का खेलाडी प्रकाश बुढाथोकीले १ गोल गरेका थिए भने दोस्रो हाल्पको ३१ मिनेटमा दिप लामाले १ गोल गरेर बराबरी बनाएका थिए ।
ट्राईब्रेकरमा मोरङ ११ क्लब को तर्फबाट जर्सी नं. १५ का खेलाडी निराजन खड्काले १ गोल गरेता पनि जर्सी नं. ७ का प्रकाश बुढाथोकी, जर्सी नं. ४ का असोक खवास, जर्सी नं. १२ का मिन धिमालले हानेको गोल त्रिभुवन आर्मीका गोल किपर बिकेस कुथुले रोकेका थिए ।
त्रिभुवन आर्मीको तर्फबाट जर्सी नं. १८ का नवयुक श्रेष्ठ, जर्सी नं. १४ का सन्तोस तामाङ, जर्सी नं. १६ का दिप लामा ३ गोल गरेका थिए भने जर्सी नं. २१ का भरत खवासले गोल गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका गोल किपर बिकेस कुथु घोषित भए ।
सोमबारको खेल आयोजक टिम एलेभन एरोज क्लब, दुहवी र मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ बिच हुने छ ।

duhabi gold cup 16

duhabi gold cup 14

duhabi gold cup 10

duhabi gold cup 11

duhabi gold cup 12

duhabi gold cup 13

duhabi gold cup 9 1

duhabi gold cup 8

duhabi gold cup 7 1

duhabi gold cup 6 1 duhabi gold cup 2 1 duhabi gold cup 3 1

duhabi gold cup 4 2

duhabi gold cup 5 3

duhabi gold cup 1 1

DSC 2304

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७