देउवा प्रतिनिधि सभामा छैटौं पटक डडेलधुराबाट निर्वाचित


२५ मंसिर २०७४, सोमबार
sher bahadur

काठमाडौं : अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा विजयी भएका छन् । sher bahadur
प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराएका हुन् । उनले ६ हजार ९ सय २९ मतान्तरले हराए ।
७२ वर्षीय देउवाले २८ हजार ४४ मत ल्याए भने भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

उनी २०४८ देखिको निरन्तर विजयी हुँदै आएका छन्  । देउवालाई गृह जिल्लाबाट चुनाव जित्न जम्मा दुई पटक केही कठिन अवस्था आइपर्‍यो । पहिलो संविधानसभा निर्वाचन, ०६४ र अहिले ।
०४८, ०५१ र ०५६ मा भने उनले सहजै जित हात मात्र पारेनन्, देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाए । ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७