यी हुन् प्रतिनिधि सभा चुनाव जित्ने ५ महिला


२५ मंसिर २०७४, सोमबार
phampha busal n bina pun

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको १४९ क्षेत्रको नतिजा भैसकेको छ । मतपरिणाम जारी भएको क्षेत्रहरू मध्यैबाट ६ क्षेत्रमा प्रत्यक्ष प्रतिनिधि सभामा महिला विजयी भएका छन् । भने, एक प्रतिनिधि सभामा अग्रता लिइरहेको छ । सुनसरी ३ मा एमालेकी नेता भगवती चौधरीले निकटतम प्रतिद्वन्दी काँग्रेसका नेता विजय कुमार गच्छदारलाई पछि पारेकी छिन् ।

phampha busal n bina pun
निवार्चन जित्ने मध्ये प्राय वाम गठबन्धनबाट उम्मेदवार बनेकी महिला रहेका छन् । विजयी हुने महिला उम्मेदवार मध्ये ४ जना वाम गठबन्धनका रहेका छन् ।

Kamala roka
कमला रोका

पहिलो जित हात पार्ने रोल्पा पूर्वबाट माओवादी उम्मेदवार कमला रोका विजयी भएकी छन् । उनले १० हजार ४ सय ३४ मत ल्याएर काँग्रेसका हरिशंकर घर्तिमगरलाई पराजित गरेकी थिइन्।

pampha bhusal Lalitpur 3
पम्फा भुसाल

माओवादीकी पोलिट्व्यूरो सदस्य पम्फा भुसाल चुनाव जित्ने अर्की महिला हुन् । उनले ललितपुर तिनबाट काँग्रेसकै उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी हुन् । भुसालको मत २४ हजार ३४ मत पाएकी छन् ।

pabitra niraula
पवित्रा निरौला

एमालेकी पवित्रा निरौला झापाको क्षेत्र नम्बर २ बाट विजयी भएकी छन् । उनले पनि काँग्रेसका उम्मेदवार उद्व थापालाई पराजित गर्दै निर्वाचित भएकी हुन्। उनले ४५ हजार ८ सय १७ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्दी उद्व थापालाई पराजित गरेकी हुन्।

durga poudel
दुर्गा पौडेल

भने एक जना प्युठानबाट विजयी भएकी दुर्गा पौडेल रहेकी छिन् । जनमोर्चाबाट उम्मेदवार बनेकी वाम गठबन्धनले सहयोग गरेको थियो। उनले पुन निर्माण प्राधिकरणको सिइओ पद छोडेर काँग्रेसबाट उम्मेदवार बनेका गोविन्द पोखरेललाई उनले पराजित गरेकी हुन् । उनले ४७ हजार ५ सय १४ मत ल्याएर विजयी भएकी हुन् ।

bina magar
विना मगर

अर्का प्रतिनिधि सभा चुनाव जित्नेमा विना मगर रहेकी छिन् । उनले
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १मा माओवादीकी मगरले ३९ हजार २१ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्दी काँग्रेसकै उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७