जितेको ५० हजार पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने मेरिनाको घोषणा


२६ मंसिर २०७४, मंगलवार
Merina tumsa limbu 1

काठमाडौँ : ‘मिस नेशनल आईकन–२०१७’की सेकेण्ड रनरअप मेरिना तुम्सा लिम्बूले आफूले प्राप्त गरेकी पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने घोषणा गरेकी छिन् ।

Merina tumsa limbu 1
मेरिना तुम्सा लिम्बू ।

२१ वर्षीया मेरिनाले शनिवार राजधानीमा आयोजित प्रथम ‘मिस नेशनल आईकन’मा सेकेण्ड रनरअपको ताजसहित जितेको ५० हजार नगद केन्द्रलाई दिने घोषणा गरेकी हुन् । उक्त पुरस्कार रकम धरान–४ स्थित छाताचोकमा रहेको अपांग पुर्नस्थापना केन्द्रलाई प्रदान गर्ने छिन् ।

उनले आफ्नो खुसी अरूलाई बाड्न लागेकी बताइन् । ‘मैले पाएको सफलताको खुसीहरु बाड्न चाहेकी मात्र हुँ’ उनले भनिन्‘यो रकम मलाई भन्दा नि अपाङ्ग पुनर्स्थापना केन्द्रका अपाङ्ग धेरै व्यक्ति हरुलाई खाचो छ त्यसैले पनि आफ्नो खुसी साट्न खोजेको हुँ ।’
पुरस्कार राशि ५० हजारमा आयोजकले कर कटाएर ४२ हजार ५ सय दिएको बताउँदै उनले त्यसैमा थप गरेर ५० हजार नै अपांग पुर्नस्थापना केन्द्रलाई प्रदान गर्नेछिन् ।

उक्त अपांग पुर्नस्थापना केन्द्रको सञ्चालक भीम राई हुन् । जहाँ, सबै वर्ग तथा उमेरसमूहका अपांगता भएका ३० जना आश्रित छन् । हाल उक्त अपांग पुर्नस्थापना केन्द्रको भवन निर्माण भइरहेकाले सहयोग गर्न अग्रसर भएको उनले सुनाइन् ।

Merina tumsa 2
सेकेण्ड रनर अपर मेरिना तुम्सा लिम्बु ।

धनकुटा बोधेकी मेरिना करिब दुई वर्षयता सञ्चार क्षेत्रमै आबद्ध छिन् । धरानको विजयपुर एमएफमा आरजेका रूपमा कार्यरत मेरिना ‘मिस नेशलन आईकन’मा सहभागी हुनकै लागि राजधानी आएकी हुन् ।
रकम उनले धरान फर्केपछि हस्तान्तरण गर्नेछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७