नेपालले हङकङलार्इ हरायाे


२६ मंसिर २०७४, मंगलवार
U 16 criket nepal

काठमाडौँ : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले हराएकाे छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर  विजयी भएकाे हाे । U 16 criket nepal

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसींले ११ रन जोडे भने सुनिल भण्डारी ११ रनमा अविजित रहे । हङकङका नसरुल्ला रानाले तीन विकेट लिए ।
हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन बनाए । बलिङतर्फ नेपालका प्रतिस जिसीले तीन, अजयकुमार लोनियाले दुई तथा नारायण जोशी र निखिलकुमार सिंहले एक÷एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २८ गते म्यानमारको सामना गर्नेछ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनको अन्तरले पराजित गरेको थियो ।
आठ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् भने समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७