सरकार निर्माण र पार्टी एकता सँगसँगै लैजान्छौं: दिनानाथ शर्मा


२८ मंसिर २०७४, बिहीबार
पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं दिनानाथ शर्मा

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रवीचको एकता छिट्टै हुने विश्वास दिलाए । उनले भने,‘एकताबारेमा हामी स्पष्ट छौं, शंका नगरे हुन्छ, एकता गरेपछि भागबण्डा भन्ने कुरा हुँदैन्, दुवै पार्टीहरुवीच एकता हुँदा सम्मानित नेताहरुलाई सम्माजनक व्यवस्था हन्छ, कसरी व्यवस्था गर्ने भन्नेबारे अहिले गृहकार्य भैरहेको छ।’पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं दिनानाथ शर्मा

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगसँगै अघि बढ्ने समेत विश्वास दिलाए । उनले थपे,‘पार्टी एकताको लागि काम भैरहेको छ, एकताको लागि समय केही महिना लाग्छ, एक दुई महिना लाग्ला, प्राविधिक रुपमा, संगठनात्मक रुपमा व्यवस्थापन गर्न समय लाग्छ नै, अहिले साझा विधान आउँदैछ, एकताको लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौं, समय लाग्छ।’

त्यस्तै उनले अबको प्रधानमन्त्री को रु अध्यक्ष को बन्ने भन्नेबारे कुनै निर्णय नभएको भन्दै सबै नेताहरु काठमाडौं फर्किएपछिमात्रै सहमतिबाटै टुँगो लगाउने जिकिर गरे । शर्माले थपे,‘सहमतिबाटै सबै कुरा अघि बढ्छ, यस विषयमा हिजोजस्तो झगडा हुँदैन, अहिले बजारमा जे कुरा चलिरहेका छन्, ती सबै हल्लाहरु हुन, यसको पछि लाग्नुहुँदैन्।’

जनताले मुलुकलाई समृद्ध र स्थायित्वको बाटोमा अघि बढाउनको लागि वाम गठबन्धनलाई बहुमत दिएको बताएका छन् । मुलुकलाई स्थिरतातर्फ उन्मुख गर्न र आर्थिक समृद्धितर्फ अघि बढाउनको लागि अब बन्ने सरकारले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले थपे,‘सरकार र प्रतिपक्षी दल सबै मिलेर समृद्धितर्फ लैजानको लागि काम गर्नुपर्छ, कांग्रेस लामो ईतिहाँस भएको पार्टी हो, तर अहिलेको यो नतिजालाई हेदा प्रतिपक्षमा रहने स्थिति छ।’ उनले अब बन्ने सरकारले कांग्रेसलाई सम्मान गर्दै सहयात्रा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘सबैको भावनालाई कदर गर्नुपर्छ।’

शर्माले मधेशमा अहिलेपनि समस्या भएकोले उक्त समस्यालाई समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘मधेशमा अब मधेशवादी दलहरुको सरकार बन्छ, उहाँहरुले अब जनतालाई राहत हुनेगरि विकास केन्द्रित सर्भिस डेलीभरी गर्नुपर्छ, त्यस्तै मधेशको मुद्दा राष्ट्रको तर्फबाट सम्बोधन गर्नुपर्छ।’ शर्माले मधेशवादी दलहरुले अब उक्त प्रदेशको विकासको लागि ध्यान दिनुपर्ने सुझाव दिए । सरकारले पनि मधेशको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७