योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स


२८ मंसिर २०७४, बिहीबार
योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स

काठमाडौं: योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई बिहीबार खेल सामाग्री प्रदान गरेको छ । योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स
आगामी बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।
नेपालको प्रतिनिधित्व गर्ने २१ पुरुष र ११ महिला गरी ३२ खेलाडीलाई सामाग्री प्रदान गरिएको प्रतियोगिता आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई ६० हजार मूल्य बराबरको खेल सामाग्री एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७