देउवालाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न ज्ञवालीको आग्रह


२८ मंसिर २०७४, बिहीबार
pradipप्रदीप ज्ञवाली

 

काठमाडौं: नेकपा एमालेका सचिब प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति एबम प्रधानमंत्री शेर बहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारको गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।pradipप्रदीप ज्ञवाली

गुल्मीको कालीगंडकी गाउपालिकामा मातादातालाई धन्यबाद दिने कार्यक्रममा गुल्मी (१बाट निर्वाचित सांसद ज्ञवालीले निर्वाचनलाई स्वीकार गर्दै प्रजातांत्रिक संस्कार देखाउन देउवालाई अपील गरेका छन् ।
एमालेका प्रभाबसाली नेता ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिदै निर्वाचनको आचारसंहिता पछि गरेका निर्णय बामपंथिको नयाँ सरकारले खारेज गर्ने बतायाका छन् ।

अब बन्ने सरकारले भरस्टाचार नियून गर्ने,आर्थिक संमृद्धि र बिकास गर्ने,देश भित्रै रोजगार सृजना गर्ने, महिला,जनजाति र पछाडि पारियका बर्गको उत्थान गर्ने,छिमेकी सँग सह अस्तित्वको रुपमा ब्याबहार गर्ने ज्ञवालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७