समानुपातिकमा एमालेको निरन्तर अग्रता, चोथौंमा संघीय फोरम (मतसहित)


२९ मंसिर २०७४, शुक्रबार
uml congress moist center

काठमाडौं : मंसीर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक मतगणना जारी छ । समानुपातिकमा झण्डै ९० लाख मतगणना हुँदा प्रत्यक्षमा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता कायम राखेको छ ।uml congress moist center
एमालेले कांग्रेसलाई ८८८३१ मतले पछि पार्दै एमालेले अग्रता कायम राखेको हो । एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपाले ३ प्रतिशत थ्रस होल्ड कटाएका छन् । राम्रो मत पाए पनि विवेकशील साझा पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिकबाट भने समानुपातिक प्रतिनिधित्व नहुने निश्चितजस्तै भएको छ ।
प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ । राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा  राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । समानुपातिकतर्फ गणनामा एमालेले २९१२२३०, कांग्रेसले २८२७८१५ र माओवादीले ११७०३७५ मत ल्याएका छन् । यस्तै, फोरमले ४१३९५५ र राजपाले ३७१०४७ मत ल्याएका छन् ।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ । समानुपातिकतर्फ ४/५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउनेछैनन् । न्यूनतम ३ प्रतिशत मत पुर्‍याउनेले भने ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

कसको कति मत ?
एमाले : ३० लाख ६ सय ४१
कांग्रेस : २९ लाख ११ हजार ८ सय १०
माओवादी केन्द्र : १२ लाख २ हजार ९ सय ७७
संघीय समाजवादी फोरम : ४ लाख २१ ह्जार ५ सय ५८
राष्ट्रिय जनता पार्टी : ३ लाख ८४ हजार ७ सय ७४

याे पनि पढ्नुहाेस्

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक, कहाँ कुन दलको को विजयी भए ? (सुचीसहित)

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७