अब भारतीय क्रिकेटरले दोब्बर पारिश्रमिक पाउने


२९ मंसिर २०७४, शुक्रबार
628260 kohli chahal dhoni reuter

एजेन्सी: आगामी सिजनदेखि भारतीय क्रिकेट खेलाडिहरूले पाउने पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुने भएको छ। यो नियम राष्ट्रिय स्तरका खेलाडीहरू देखि स्थानीय खेलाडीहरूमा पनि लागू हुने बताइएको छ।628260 kohli chahal dhoni reuter

भारतको सर्वोच्च अदालतले भर्खरै मात्र गरेको यस निर्णयले चर्चा पाउन थालेको छ। यस वृद्धिको निर्णयका लागि भारतीय क्रिकेट टिमका कप्तान कोहली तथा प्रशिक्षक रवि शास्त्रीले निकै समयअघि देखि प्रयत्न गरिरहको थिए।

भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई० ले यस वर्ष कप्तान विराट कोहलीलाई साँढे पाँच करोड पारिश्रमिक प्रदान गरेको छ। टाइम्स अफ इण्डियाका अनुसारअबको यस नयाँ निर्णयले उनी लगायत सबै खेलाडीको पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुनेछ।

यता भारतीय क्रिकेट बोर्डका प्रमुख विनोद रायले भने यो निर्णय बिसिसिआईको कूल आम्दानी र नाफासँग प्रत्यक्ष जोडिने बताएका छन्। यसकारण पनि यो पारिश्रमिक वुद्धिको विस्तृत प्रक्रिया टुङ्गो लाग्न बाँकि नै छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७