प्रदेश नं. ३ काे समानुपातिक मतगणना सकियाे, वाम गठबन्धनलार्इ दुई तिहाइ


२९ मंसिर २०७४, शुक्रबार
UML and moist 1

काठमाडौं : प्रदेश नम्बर ३ को समानुपातिककाे मतगणना पनि सकिएको छ । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको नेकपा (एमाले) लाई प्रदेश नम्बर ३ मा एकल बहुमत पुगेको छ । एमालेले समानुपातिक तर्फबाट १७ सिट पाउने भएको छ । UML and moist 1
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ । दोस्रो भएको कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ ।

प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् ।प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् । यस्तै वाम गठबन्धनले प्रदेश ३ मा दुई तिहाई बहुमत पुर्‍याएको छ । प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७