प्रदेश ४ मा वाम गठबन्धनलाई दुई तिहाइ, कसले कति सिट जिते ?


२९ मंसिर २०७४, शुक्रबार
7 State of Nepal provice 4 nayapage

काठमाडौं : प्रदेश नम्बर ४ को समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ गरी ६० सदस्यीय गठन हुने प्रदेश सभामा पनि प्रदेश ४ मा एमालले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकमा १० सिट पाउने भएपछि २७ सहित पहिलो दल बनेको हो । 7 State of Nepal provice 4 nayapage
यस्तै प्रत्यक्षमा ९ सिट जितेको माओवादीले ३, प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समाुपातिकमा ९ सिट र प्रत्यक्षमा २ सिट जितेको जनमोर्चाले समानुपातिकमा एक सिट पाउने भएको छ ।
नयाँ शक्तिको भने प्रत्यक्ष र समानुपातिकमा १–१ सिट हुने भएको छ ।
वाम गठबन्धनलाईलाई बहुमत
वामगठवन्धनलाई प्रदेश न. ४ मा बहुमत पुग्ने भएको छ । जनमोर्चा समेत रहेको यहाँ तीन दलको ४२ सिट हुनेछ । सामान्य बहुमतका लागि ३१ सिट चाहिन्छ भने दुई तिहाईका लागि ४१ सिट आवश्यक छ ।
प्रदेशसभामा दिपक मनाङ्गे पनि हुनेछन् । उनले स्वतन्त्र उम्मेदवारी पनि एमालेको समर्थनमा चुनाव जितेका हुन् ।

याे पनि पढ्नुहाेस्

प्रदेश नं. ३ काे समानुपातिक मतगणना सकियाे, वाम गठबन्धनलार्इ दुई तिहाइ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७