बर्षामान पुन विजयी रोल्पाको चारवटा बाकसको मत गन्नै बाँकी !


२९ मंसिर २०७४, शुक्रबार
barsanman

काठमाडौं : रोल्पामा प्रतिनिधिसभाको चुनावी परिणाम घोषणा भएपछि अचम्मको घटना बाहिर आएको छ।  प्रतिनिधिसभा तर्फ चारवटा मतदान केन्द्रको मत नजोडी परिणाम घोषणा गरिएको तथ्य खुलेको छ।barsanman
वाम गठवन्धनको नेकपा (माओवादी केन्द्र)का नेता बर्षामान पुन विजयी भएको रोल्पामा चार वटा बाकसको मतगणना नै नगरी विजयी घोषण गरिएको तथ्य खुलेको छ ।  प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा किन कम मत देखिए भन्ने खोज्दै जाँदा यो रहस्य सामुन्नेमा आएको हो।
प्रत्यक्षतर्फ नगनिएका मत १ हजार ९ सय १३ मत भेटिएको हो। समूह बनाएर गणना भएका मतमध्ये एक समूहको गणना छुटेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसरी गन्न छुटेका मतहरू चारवटा मतपेटिकामा भएका मत हुन्। प्रदेश सभातर्फको गणना नतिजा सार्वजनिक गर्नेक्रममा मत गन्न छुटेको थाह लागेको हो। बदर मत, खसेको मत र गणना भएको मतमा अन्तर परेपछि मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठलाई दलका प्रतिनिधिले यो कसरी भयो भनेर सोधपुछ गर्दा गणना छुटेको तथ्य बाहिर आएको हो।
केन्द्रका वर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको घोषणा गरिएको थियो तर पछिल्लो चार केन्द्रको मतसमेत जोड्दा उनको मत ४२ हजार ८४ पुगेको छ।
निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह पुनमगरले १९ हजार ९ सय ६ मत प्राप्त गरेको घोषणा भएपनि उनकोमा पनि थपिएर २० हजार ३ सय ३७ मत पुगेको छ।
प्रत्यक्षतर्फको मत सार्वजनिक गर्दै उम्मेदवारलाई प्रमाणपत्र समेत प्रदान गरिसकेपछि गणना पूरा नभएको भेटिएपछि पछिल्ला मतसमेत गनेर आयोगमा अद्यावदी गरिएको अधिकृत श्रेष्ठले बताएका छन्।

अत्याधिक मतअन्तरको हारजित भएका कारण दलका प्रतिनिधिले मसिनो गरेर हिसाव निकाल्न जाँगर गरेनन्। फलस्वरूप खसेको मत र गणना मतको अन्तरसमेत कसैले हेक्का राखेन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७