पार्टी एकताबिरोधी गतिबिधि नगर्न नेता कार्यकर्तालाई ओली-प्रचण्डको निर्देशन


२९ मंसिर २०७४, शुक्रबार
Kp Oli and Prachand

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।Kp Oli and Prachand

निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको छ ।

बार्ताका क्रममा दुवै नेताले पार्टी एकीकरणमा अवरोध आउन नदिने भन्दै दुवै दलका कार्यकर्तालाई एकताबिरोधी गतिबिधिमा नलाग्न निर्देशन दिने सहमति जनाएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७