अनमोलको ‘कृ’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियोसहित)


२९ मंसिर २०७४, शुक्रबार
Kree anmol and adithi budadathoki

काठमाडौं : अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै ‘कृ’को निर्माण समुहले ट्रेलर सार्वजनिक भएको हो।Kree anmol and adithi budadathoki

‘कृ’मा अनमोलसँगै र नव नायिका अदिति बुढाथोकीको मुख्य भूमिकामा देखिएका छन ।यस्तै  सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेकाे छ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।
सुवास गिरी र भुवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७