अध्यादेश अड्किरहेका बेला राष्ट्रपति र केपी ओलीवीच भेटवार्ता


२९ मंसिर २०७४, शुक्रबार
Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari
फाइल तस्बिर ।

काठमाडौं : राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभासम्वन्धी अध्यादेश अड्किरहेका बेला एमाले अध्यक्ष ओलीले राष्ट्रपतिलाई भेटेका हुन् ।

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari

 

सरकारले राष्ट्रिय सभासम्वन्धी अध्यादेश पठाएको लामो समय भएपनि राष्ट्रपति भण्डारीले जारी गरेकी छैनन् । बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्न आग्रह गरेका थिए ।

 शीतल निवासमा जानु अघि ओलीले दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।  उनीहरूबीच चुनावी परिणामपछि भएको पहिलो भेटमा दुई पार्टी बीचको एकता, नयाँ सरकार गठन, समसामयिक राजनीतिक परिस्थिति राष्ट्रियसभासम्बन्धी अध्यादेश लगायतका विषयमा कुराकानी भैरहेको प्रचण्ड निकट एक स्रोतले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७