विकास निर्माणको गुणस्तरीयतामा सम्झौता हुँदैन : ओली


२९ मंसिर २०७४, शुक्रबार
kp oli 1

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताएको छ ।kp oli 1

बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले विकासनिर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन भने ।

उनले भने, “हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौँ, प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्यमन्त्री बस्ने भवन छैनन्, त्यसकारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउन भौतिक संरचनाको निर्माण दुु्रत गतिमा गर्नु जरुरी छ ।”

नेपाल अहिले पुनःनिर्माणको चरणमा भएकाले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाइ छ । “भूकम्पले भत्केका, घर र सार्वजनिक भवनहरु पुननिर्माण भएका छैनन्”, ओलीले भने, “यी सबै क्षेत्रको पुनःनिर्माणका लागि व्यावसायिक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।”
सबै वर्ग र समुदाय समान

पूर्वप्रधानमन्त्री ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महसुस गर्नु नपर्ने बताएको छ । आफूलाई बधाइ दिन आज आफ्नै निवास बालकोट आएको नेपाल जामे मस्जिद व्यवस्थापन समितिको टोलीलाई सम्बोधन गर्दै ओलीले विगतमा मुसलमानलाई पनि मधेसीमा समूहमा राखेर त्यसको लाभ अरुले नै उठाउँदै आएको बताए । “हामीले मुस्लिमलाई अलग पहिचान दिनुपर्छ भनेर छुट्टै समूहमा राखेपछि मुस्लिमले राज्यबाट प्रत्यक्ष लाभ लिन पाएका छन् ।”

नेपालीमा आपसी विश्वास र सद्भाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो भएको ओलीको भनाइ थियो । आगामी सरकारले सबै वर्ग र समुदायलाई समान व्यवहार गरेर राज्यको मूल प्रवाहमा समाहित गर्न सहयोग गर्ने ओलीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७