निखिलकाे ‘पिँजडा ब्याक अगेन’ ट्रेलर सार्वजनिक


२९ मंसिर २०७४, शुक्रबार
Sarah

काठमाडौं :   १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ काे ‘पिंजडा ब्याक अगेन’ ट्रेलर सार्वजनिक भएकाे छ । आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर राजधानीमा सार्वजनिक भएको छ ।Sarah
फिल्मका अभिनेता निखिल उप्रेतीको एक्सनलाई बढी प्राथमिकता दिइएको छ । फिल्मका निर्देशक हिमाल केसीले १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ र अहिलेको ‘पिँजडा ब्याक अगेन’को कथा फरक रहेको बताए ।
‘पहिला पिँजडा जबरजस्ती बनाइएको थियो । तर अहिलेको पिँजडा कसरी पिँजडा भयो भन्ने कुरा देखाइएको छ,’निर्देशक हिमालले भने,‘अहिलेको फिल्ममा माया र विछोडले मान्छे कसरी पिँजडा भित्र पर्छ भन्ने कुरा देखाइएको छ ।’ अघिल्लो ‘पिँजडा’ बन्दा हिमाल फिल्ममा ‘मुख्य सहायक द्वन्द्व निर्देशक’ थिए ।
फिल्ममा निखिल र सारासँगै पुकार भट्टराई, सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, कुसाग्र भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् ।
श्रीराम बरालको प्रस्तुति रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, हिमालकै द्वन्द्व, बसन्त सापकोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत, मिलन श्रेष्ठ र वनिष शाहको सम्पादन तथा सौरभ लामाको छायांकन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७