समानुपातिकतर्फ एमालेको अग्रता कायमै


१ पुष २०७४, शनिबार
uml

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ ।uml
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) १२ लाख ७३ हजार ३४३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख ५८ हजार ६२१ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ९३ हजार ८६१, राप्रपा (प्रजातान्त्रिक) ले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७