स्वास्थ्यमन्त्री बोहराको कमाउने दाउ: डा.रौनियार सम्पर्कविहीन


१ पुष २०७४, शनिबार
Dipak Bohara TzuiUkTodo

काठमाडौं: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा। राजकुमार रौनियार मोबाइल स्वीच अफ गरेर तीन दिनदेखि बिदा बसेका छन् ।Dipak Bohara TzuiUkTodo

बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको वाध्यता हो ( स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब । आजको नागरिक दैनिकमा खबर छ ।

मन्त्री बोहराले प्रतिष्ठानको सिनेट बैठक बोलाउन उपकुलपति रौनियारलाई निरन्तर दबाब दिँदै आएको प्रतिष्ठान स्रोतले जनाएको छ । कामचलाउ मन्त्रीले बैठक राखेर गर्ने निर्णयले भविष्यमा आफ्नो प्रतिष्ठामा दाग लाग्ने डरले उपकुलपति रौनियार बिदा लिएर सम्पर्कविहीन भएका हुन् ।

स्रोतका अनुसार मन्त्री बोहराले शुक्रबार (मंसीर २९ गते) सिनेट बैठक बोलाउन रौनियारलाई निरन्तर दबाब दिँदै आएका थिए ।

सिनेट बैठकको सचिव उपकुलपति हुने प्रावधान छ । बोहराले जाँदाजाँदै बैठक सिनेट राखी निर्माणाधिन एमसीएच (मातृशिशु स्याहार केन्द्र) को बजेट स्वीकृत गरी मोटो कमिसन रकम लिने दाउ छोपेको स्रोतको भनाइ छ ।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७