म कसैको रबर स्ट्याम्प होइन् : मणि बाङदेल

मणि बाङदेल अमेरिकी नेपालीमाझ चिनाइ रहनुपर्ने नाम होइन । उनी नेपाली आदिवासी जनजाति समुदायमा स्थापित व्यक्तित्व हुन् । सन् २००१ मा बेलायत छाडेर अमेरिका आएदेखि नै उनी नेपाली आदिवासी जनजातिको हकहितमा सक्रिय छन् । प्रवासमा आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर उनले त्यतिबेला ज्यादै सानो संख्यामा छरिएर रहेका राईहरु भेला गरे र किरात राइ सोसाइटी अफ अमेरिका (केआरएसए) स्थापना भयो । यो संस्थाले भाषा, संस्कार र संस्कृति जगेर्नाका लागि नियमित रुपमा साकेला र सुम्निामा साँझ जस्ता कार्यक्रम गर्दै आएको छ । किरात राई समुदायलाई सारोगाह्रोमा सहयोग गर्ने केआरएसएले यो समुदायको सम्पर्क सेतुका रुपमा भुमिका खेल्दै आएको छ । अमेरिका आएपछि भूतपूर्व ब्रिटिश गोर्खा सेना रहेका बाङ्देललाई राई समुदायमात्र गोलबद्ध भएर हुँदैन भन्ने लाग्यो । त्यसपछि उनी संस्थापक अध्यक्ष रहेको केआरएसए महासंघ नै खोल्नुपर्छ भनेर अघि बढ्यो । र, सन् २००५ मा आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) स्थापना भयो । फिप्नामा बाङ्देलले २ कार्यकाल बरिष्ठ उपाध्यक्षका रुपमा बिताइसक्नै लागेका छन् । चार वर्षको अवधिमा फिप्नाले नेपाल डे परेडजस्ता ठूला कार्यक्रमको नेतृत्व ग¥र्यो जसमा बाङ्देलको पनि ठूलो योगदान छ । बाङ्देल आदिवासी चलचित्र महोत्वसको त कन्भेनर समेत हून । आदिवासी जनजाति आन्दोलन अब फरक ढंगले बढ्नुपर्छ, भन्ने बाङ्देल यतिबेला आसन्न फिप्ना अधिवेशनमा अध्यक्षका प्रत्यासी हुन् । आफुलाई फिप्नाको स्वाभाविक उत्तराधिकारी ठान्ने बाङ्देलसँग यहि सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंशः

मणि बाङ्देल , प्रत्यासी, फिप्ना अध्यक्ष ।

प्रश्नः फिप्नाको आगामी नेतृत्वका लागि तपाईँको उमेद्वारी किन ?
फिप्नामा म वरिष्ठ उपाध्यक्ष भएको लगातार ४ वर्ष भयो । प्रवासमा लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा छु । मैले फिप्ना र यहाँको आदिवासी जनजाति आन्दोलनलाई, आदिवासी जनजातिका मुद्धालाई राम्रोसँग बुझेको छु । मसँग जत्तिको लामो अनुभव अरुसँग छैन । त्यस हिसावले म फिप्ना नेतृत्वको स्वाभाविक उत्तराधिकारी हूँ ।

अर्को, फिप्नाले अहिले केही मुद्धामा काम गरिरहेको छ । अन्य थुप्रै मुद्धामा काम गर्नुपर्ने छ । त्यसमा अहिलेको अध्यक्ष, म र फिप्नाको टिम एक भएर लागेका हौं । यस्तो बेला अर्को टिम नेतृत्वमा आयो भने ती कामले निरन्तरता नपाउन सक्छ जसले आदिवासी जनजातिको हीत गर्दैन । फिप्नाले अहिले गरिहेको कामको निरन्तरताका लागि पनि मजत्तिको उपयुक्त र सहि मान्छे अर्को देख्दिन ।
अर्को, म २÷२ पटक वरिष्ठ उपाध्यक्ष भइसकेपछि अब हुने के त ? अध्यक्ष नै होइन र ? वरिष्ठता, अनुभव र योगदानका आधारमा अध्यक्ष हुनु के अप्रजातान्त्रिक हो र ?

प्रश्नः फिप्नामा तपाईँको संलग्नता कहिलेदेखि हो ?
फिप्नाको परिकल्पना गर्ने नै किरात राई सोसाइटी अफ अमेरिका हो जसको संस्थापक अध्यक्ष म हूँ । हामीले यहाँ आदिवासी जनजातिको ठूलो संस्था हुनुपर्छ भनेर केन्द्रिय कार्यसमितिबाट निर्णय ग¥र्यौं । अन्य जातिय संस्थालाई पत्राचार ग¥र्यौं । औपचारिक, अनौपचारिक रुपमा छलफल ग¥र्यौं । कारणवश मेरै नाम प्रयोग गरेर निर्धारित समयभन्दा ३÷४ दिन अघि अरु साथीहरुले फिप्ना स्थापना गरे । त्यो अर्कै पाटो भयो । मैले भन्न खोजेको केमात्र हो भने म फिप्ना स्थापना हुनु अघिदेखि नै यहाँका नेपाली आदिवासी जनजाति गोलवद्ध गर्न लागि परेको मानिस हूँ । फिप्नाको अधिवेशनमा सहभागी हुने धेरैजसो प्रतिनीधिले यो बुझेका छन् ।

प्रश्नः तपाईँ अनुभवी हुनुहुन्छ । उमेरका हिसावले पनि परिपक्क हुनुहुन्छ । तर, तपाईँका प्रतिद्वन्द्वीहरु महासंघको नेतृत्व युवा पुस्तामा जानुपर्छ भनिरहेका छन् नी त ।
अहिले मेरो प्रतिद्वन्द्वीका रुपमा देखिएको मानबहादुर राना मगर भाइ असक्षम, आदिवासी जनजाति आन्दोलन नबुझेको, आलोकाँचो वा अपरिपक्क मान्छे हो भनेर म भन्दै भन्दिन । मान भाइ उज्वल भविष्य भएको क्षमतावान युवा हुनुहुन्छ । हामीले एक कार्यकाल सँगै काम पनि ग¥र्यौं । आदिवासी जनजातिका मुद्धा एउटै भएका हिसावले अध्यक्ष मान भाइ वा म जो भएपनि हुन्छ । तर, मुद्धा उठान गर्ने हिसावले, योगदानका हिसावले र अनुभवका हिसावले मान भाइ ठीक की म भन्ने धेरैजसो प्रतिनीधिले बुझ्नु भएको छ ।

  • एकल निर्णय आदिवासी जनजातिका एजेन्डा विपरित थिए भने सबैभन्दा पहिले म अध्यक्ष लुइसाङ वाइबा तामाङको विरोध सार्वजनिक रुपमै गर्थें ।
  • त्यस्तै परे म हिँडेरै फिप्ना कार्यालय आउन सक्छु । दिनमा २४ सै घण्टा उपलब्ध छु ।
  • सल्लाहकारबाट एक्कासी अध्यक्ष नै ताक्नुभयो । उहाँको यो कदमलाई फिप्ना प्रतिनीधिले नैतिकताको कसिमा पनि दाँज्लान नै । अध्यक्ष बन्नका लागि मान भाइको विषयमा सार्वजनिक रुपमा योभन्दा तल ओर्लेर कुरा गर्न म सक्दिन  ।
  • म पुरा नहुने हावादारी एजेन्डा ल्याउँदिन ।
  • म प्राविधिक रुपमा जुन संस्थाबाट प्रतिनीधि भएपनि राई समुदायको एउटा सिंगो प्रतिनीधि हूँ ।

मैले भनिहालेँ मेरो उमेद्वारी स्वाभाविक हो । यतिबेला मैले आदिवासी जनजाति आन्दोलनलाई सक्रियतापूर्वक योगदान दिइरहेको अबस्था पनि हो । मेरो बसाई न्यू योर्कमा छ । त्यस्तै परे म हिँडेरै फिप्ना कार्यालय आउन सक्छु । दिनमा २४ सै घण्टा उपलब्ध छु । यस्तो बेला मलाई साथीहरुले मणि बाङ्देल तँ घर गएर बस भन्नुहोला भन्ने लाग्दैन ।

प्रश्नः उमेर, अनुभव र योगदानको कुरा त गर्नुभयो । के बसाइका हिसावले मानबहादुर राना मगर अध्यक्षका लागि योग्य हुनुहुन्न भन्न खोज्नुभएको हो ?
मान भाइ आदिवासी जनजातिको मुद्धालाई नजिकबाट चिन्ने मानिस हुन् । उहाँप्रति मेरो सहानुभूति र सद्भाव छ । उहाँ अहिले फिप्ना सचिवालयदेखि ३ घण्टा ड्राइभिङ डिस्टेन्समा हुनुहोला । मेरो कुरा त्यस्तै परे म हिँडेरै फिप्ना कार्यालय आउन सक्ने दुरीमा बस्छु र २४ सै घण्टा उपलब्ध छु भन्ने मात्र हो ।

यसअघि पनि महासंघलाई अध्यक्ष टाढा बसेर चलाउने अभ्यास भएकै हो । त्यतिबेला आदिवासी जनजाति आन्दोलन सुस्त भएकै हो । त्यतिबेलाका अध्यक्षले चुनावका बेला म हरेक विकेण्डमा न्यू योर्क आउँछु भन्नुभएको पनि हो । तर, त्यो ब्यबहारमा उत्रिन सकेन । उहाँको आधा कार्यकाल कार्यवाहक अध्यक्षले चलाउनु भयो । कार्यवाहक अध्यक्ष र अध्यक्षले फिप्ना चलाउनुमा ठूलो अन्तर छ । त्यसको असर त्यतिबेला देखिएको सबैले महशुश गर्नु भएकै छ ।


न्यू योर्क विश्वको एउटा केन्द्र हो । ठूला र अन्तराष्ट्रिय कार्यक्रम यहिँ हुन्छ । संयुक्त राष्ट्रसंघदेखि विश्वका ठूला संघ संस्थाको कार्यालय पनि न्यू योर्क मै छ । न्यू योर्कमा हुँदा हामी विश्वको पहूँचमा रहन्छौं । फिप्नाले आफ्नो कार्यालय न्यू योर्कमै स्थापना गर्नुको कारण पनि त्यहि हो । परेको बेला फिप्नाको अध्यक्ष पनि तुरुन्त उपलब्ध हुनुपर्छ । तर, अध्यक्ष नै टाढा रहँदा समस्या हुन्छ जुन हाम्रो पूर्व अभ्यासले पनि प्रमाणित गरेको छ । यसले हाम्रो उदेश्य प्राप्तिमा सहयोग पुग्दैन । फिप्नाको भावी अध्यक्षका लागि बसाइका र समय दिनसक्ने हिसावले म उपयुक्त व्यक्ति हूँ ।

प्रश्नः चुनावका बेला हरेक उमेद्वारले प्रतिपक्षीको कडा विरोध गर्छ । तपाईँ कुरा चबाएर बोल्नुहुन्छ । अझ खुलेर भनिदिनुहोस न मानबहादुर राना मगरभन्दा तपाई किन उपयुक्त हो ?
मेरो प्रतिपक्षी मान भाइको विषयमा मैले बोल्नै पर्दैन । सबै प्रतिनीधि र पर्यवेक्षकलाई थाह छ । मान भाइ अहिले फिप्नाको सल्लाहकार हुनुहुन्छ । उहाँ पहिला फिप्नाको महासचिव हुनुहुन्थ्यो । पाँचौं अधिवेशनमा उहाँ आफैँले म अब फिप्नाको कार्यसमितिमा बस्दिन, न्यू योर्क सिटीभन्दा टाढा जान्छु भनेर सल्लाहकारमा बस्ने इच्छा व्यक्त गर्नुभयो । संभावना बोकेको मान्छे भएकाले उहाँलाई टिमबाट गुमाउने हाम्रो इच्छा थिएन । तर, न्यू योर्क सिटीबाटै टाढा जाने भइसकेपछि हामीले सम्मानजनक रुपमा संस्थाको सल्लाहकार बनायौं । उहाँ न्यू योर्क सिटीबाट ३÷४ घण्टा टाढा जानुभयो पनि ।

सल्लाहकार भइसकेको मान्छे कार्यसमितिमा फर्किने अन्तराष्ट्रिय अभ्यास छैन । तर, यस विषयमा फिप्नाको विधानले बोलेको छैन । त्यहि भएर सल्लाहकारबाट उहाँ फेरी कार्यसमितिमा फकिर्ने इच्छा व्यक्त गरिरहनु भएको छ । संभावना बोकेको मान्छे फर्किनु फिप्नाका लागि राम्रो हो । तर, उहाँ एक कार्यकाल उपाध्यक्षमा बसिदिए हुन्थ्यो भन्ने हो । काम मिलेरै गरिन्थ्यो । तर, सल्लाहकारबाट एक्कासी अध्यक्ष नै ताक्नुभयो । उहाँको यो कदमलाई फिप्ना प्रतिनीधिले नैतिकताको कसिमा पनि दाँज्लान नै । अध्यक्ष बन्नका लागि मान भाइको विषयमा सार्वजनिक रुपमा योभन्दा तल ओर्लेर कुरा गर्न म सक्दिन  । फिप्ना प्रतिनीधिलाई उहाँको विषयमा पूर्ण जानकारी छ ।

प्रश्नः तपाईँका अहिलेका एजेण्डा के के छन् ? अध्यक्ष भएपछि के गर्नुहुनछ ?
म राजनीतिक नेता होइन । पुरा नहुने हावादारी एजेन्डा ल्याउँदिन । हाम्रो एजेण्डा पहिले नै तय भइसकेको छ । जस्तो, नेपालको आदिवासी जनजाति आन्दोलनलाई नैतिक समर्थन गर्ने र भौतिक सहयोग गर्ने, नेपालको आदिवासी जनजातिका मुद्धा अन्तराष्ट्रियकरण गर्ने, ती मुद्धामा अन्तराष्ट्रिय एक्वेबद्धताका लागि पहल गर्ने र त्यसबाट नेपाल सरकारलाई आदिवासी जनजातिका मुद्धा सम्बोधन गर्न दवाव दिने भन्ने नै हो । त्यसबाहेक, अमेरिकी मुलधारमा नेपाली आदिवासी जनजातिलाई कसरि पु¥याउन सकिन्छ, आप्रवासी आदिवासी जनजातिलाई कानूनी र अन्य विषयमा कसरि सहयोग गर्न सकिन्छ र प्राथमिक रुपमा नेपाली आदिवासी जनजाति र समग्रमा नेपालीलाई कसरि गोलवद्ध बनाउन सकिन्छ भन्ने नै हाम्रा मुद्धा र चासोका विषय हुन् ।

अब हामीले हाम्रो आन्दोलनलाई फरक ढंगले लैजानुपर्छ । सडकमा उत्रिएर र टायर जलाएर मात्र उदेश्य पुरा हुन्छ भन्ने सोच्नु हुँदैन । अहिलेको पुस्ताले आदिवासी जनजाति आन्दोलनको भाषण सुन्दैनन् । लेख पनि पढ्दैनन् । तर, हामीले आदिवासी जनजातिसम्बन्धी फिल्म बनायौं भने उनीहरुले हेर्छन् । साहित्य पढ्छन् । गीत संगीत सुन्छन् । र, आदिवासी जनजाति आन्दोलनको मर्म बुझ्छन् । भन्न खोजेको अब परम्परागत रुपमा अघि बढ्नु हुँदैन । बहुआयामिक रुपमा अघि बढ्नुपर्छ भन्ने हो । कुन विधिबाट अघि बढ्दा हाम्रो आन्दोलनलाई टेवा पुग्छ त्यहि विधिबाट अघि बढ्नुपर्छ भन्ने हो ।

प्रश्नः तपाईँ आफ्नो जीतप्रति ढुक्क हुनुहुन्छ ?
हार्ने थाह हुँदा हुँदै पनि उमेद्वारले म जित्छु भनेर अघि बढ्नुपर्छ । नत्र मतदाताले मत खेर फाल्दैनन् । म त काम, अनुभव, योगदान र उमेरका हिसावले पनि स्वाभाविक उमेद्वार परेँ । जीत सुनिश्चित छ ।

प्रश्नः बजारमा तपाईँ वर्तमान अध्यक्षको रबर स्ट्याम्प हो भन्ने हल्ला छ । वर्तमान अध्यक्षलाई धेरैले मन पराउँदैनन् । त्यसैलाई तपाईँको विपक्षीले जित्ने हतियार बनाएका छन् नी ।
म मणि बाङ्देल हूँ । मेरो छुट्टै अस्तित्व छ । छुट्टै विचार छ । मणि बाङ्देल कसैको रबर स्ट्याम्प होइन । तपाईँले गलत सुन्नुभयो वा भन्नेले गलत भने ।

हो, एउटै एजेण्डामा एउटा टिममा काम गर्दा कुरा मिल्नु स्वाभाविक हुन्छ । वरिष्ठ उपाध्यक्षका हिसावले आदिवासी जनजातिको हीत हुने कार्यक्रममा अध्यक्षलाई समर्थन र सहयोग गर्नु मेरो धर्म हो । मेरो दायित्व हो । मैले त्यस्ता कार्यक्रममा पूर्ण समर्थन पनि गरेँ । सहयोग पनि गरेँ । किनभने ४ वर्षमा हामीले गरेका कुनै पनि कार्यक्रम आदिवासी जनजातिको हीत विपरित छैन ।
वर्तमान अध्यक्षले आफ्नो शक्ति प्रयोग गरेर कतिपय मुद्धामा एकल निर्णय गर्नु भएको छ । तर, मैले मुल्यांकन गर्दा उहाँको निर्णय नराम्रो थिएन । मैले उहाँलाई राम्रो भएपनि एकल निर्णय नगर्नु भनेर व्यक्तिगत रुपमा सचेत गरेकै पनि हो । आफ्नो टिमको नेतृत्वलाई के सार्वजनिक रुपमा गाली गरौं ? उहाँले गरेका एकल निर्णय आदिवासी जनजातिका एजेन्डा विपरित थिए भने सबैभन्दा पहिले म अध्यक्ष लुइसाङ वाइबा तामाङको विरोध सार्वजनिक रुपमै गर्थें । र, अहिले मलाई रबर स्ट्याम्प भनेर कसैले भन्नु भएको छ भने मलाई भन्नुहोस् मैले गरेको कुन निर्णय र काम आदिवासी जनजातिको हित विपरित छ ? फिप्नाले कुन एजेन्डा त्यस्तो ल्यायो जसले हाम्रो आन्दोलनलाई बेफाइदा गरेको छ ?
म टिममा बसिसकेपछि र सेकेन्ड म्यान भएर काम गरिसकेपछि फिप्नाले लिएको एजेन्डा र निर्णय घुँडा टेकेर भएपनि पुरा गर्नुपर्छ । टिमलाई साथ दिनुपर्छ । त्यसो गर्दा कसैले रबर स्ट्याम्प भन्छ भने त्यो बेवकुफी हो । टिम वर्क भन्ने नबुझेका, वर्किङ कल्चर थाह नभएकाले मात्र त्यसो भन्छ । मलाई लाग्छ मान भाइले चुनाव जित्ने आशमा त्यसो भन्नु भएको छैन ।


मेरो मातृ संस्था किरात राई सोसाइटी अफ अमेरिकाकाले हामीले निर्णय गरेर नदिएसम्म म फिप्ना अध्यक्षको उमेद्वार हो भनेर नभन्नु भनेको थियो । त्यहि भएर मैले कतै पनि म फिप्नाको भावी अध्यक्षको उमेद्वार हो भनेर भनिन् । तर, वर्तमान अध्यक्षले हरेक औपचारिक अनौपचारिक कार्यक्रममा मलाई फिप्नाको भावी अध्यक्षको रुपमा प्रस्तुत गर्नुभयो । त्यहि भएर मलाई रबर स्ट्याम्प भनिएको हुनसक्छ । तर, नेतृत्वले सक्षम उत्तराधिकारी खोज्नु स्वाभाविक हो । छोडेर जाँदै गर्दा वर्तमान नेतृत्वलाई आफ्नो टिमले सुरु गरेको कामले निरन्तरता पाओस भन्ने हुन्छ नै । त्यसलाई त्यतिनै बुझिनुपर्छ ।

प्रश्नः राई समुदायकै २ वटा संस्था छन् । तपाईँ त्यसमध्ये एउटा संस्थाको प्रतिनीधिको रुपमा फिप्ना नेतृत्वमा उमेद्वारी दिँदै हुनुहुन्छ । राई समुदाय नै यसरी फुटेको अबस्थामा तपाईँ कसरि बलियो उमेद्वार हो ?
मुद्धाका हिसावले, त्याग र योगदानका हिसावले म कोहीभन्दा कमजोर उमेद्वार होइन । राई समुदायको २ वटा संस्था होला । अरु समुदायमा २ वटा संस्था होलान् । तर, आदिवासी जनजातिको मुद्धा एउटै हो । व्यक्तिगत रुपमा मसँग कोही रिसाएका पनि होलान् । तर, मुद्धाका हिसावले हामी एक ठाउँमै छौं । म प्राविधिक रुपमा जुन संस्थाबाट प्रतिनीधि भएपनि राई समुदायको एउटा सिंगो प्रतिनीधि हूँ । त्यसैले जतिवटा संस्था भएपनि राई समुदायबाट असहयोग हुन्छ भन्ने प्रश्नै उठ्दैन । राई समुदायको सबै संस्थाले मलाई सहयोगको प्रतिवद्धता पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्