काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा


१ पुष २०७४, शनिबार
bidhya sundar sakiya

काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाई) सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो ।bidhya sundar sakiya

यो सेवा सुरु भएपछि वडा कार्यालयमा आउने सेवाग्राहीलाई सूचना प्रविधिमा सहज पहुँच दिन सेवा थालिएको मेयर विद्यासुन्दर शाक्यले बताए । महानगरपालिकाले यसअघि नै सबै वडा कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो । महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानलाई पनि फ्रि वाइफाइ जोनका रुपमा विकास गर्न पनि तयारी गरिरहेको छ ।

रत्नपार्क महानगरपालिकाभित्र फ्रि वाइफाइ क्षेत्र भइसकेको छ । महानगरपालिकाकाले डिजिटल नक्सापास सेवा पनि सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको सुरुवात भएको हो ।

महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो । अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको मेयर शाक्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७