राजेश हमाल अाेली निवास बालकाेटमा, दिए बधाइ


१ पुष २०७४, शनिबार
kp oli and rajesh hamal

भक्तपुर : महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ  दिन बालकाेट पुगे । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा  भन्दै हमालले अाेली निवास बालकाेट पुगरे बधार्इ दिएका हुन्।kp oli and rajesh hamal
उनले शनिबार ओली निवास बालकोट पुगेर हमालले राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताउँदै आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएकाे हाे ।
जवाफमा एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’
यस्तै ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन नभइ देश बनाउन भूमिका निवार्ह गर्नुपर्ने बताए । प्रतिउत्तरमा हमालले देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७