राहुल गान्धीले लिए भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ


१ पुष २०७४, शनिबार
rahul gandi

नयाँदिल्ली : सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।rahul gandi
दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला कंग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो।
गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेको थिइन् । भारतको निकै पुरानो पार्टी काँग्रेसमा उनले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने बताएकी छिन् ।
राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरूले भारतको प्रधानमन्त्री भएको थियो । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकामा भएकोमा अहिले अध्यक्ष बनाइएको हो । गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ ।
भारतीय काँग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेबारी सम्हालेपछि उहाँको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरुले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहुन्, लगायतका नारा लगाएका थिए । ४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अव पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन् ।
यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । सोनीय अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो ।
भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहेका छिन् । इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले सन् २०११ मा उन उपचारका लागि अमेरिका गएकी थिइन् । बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७