प्रदेश ७ मा एमाले–माओवादी केन्द्रलाई दुई तिहाइ बहुमत


१ पुष २०७४, शनिबार
state nepal 7

काठमाडौं : प्रदेश ७ को समानुपातिक मतगणना पनि सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार शनिबार दिउँसो समानुपातिकतर्फ मतगणना सकेको हो।state nepal 7
प्रदेशसभामा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ । कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ । राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४४४ मत ल्याएको छ ।
आयोगले समानुपातिकको मत दिएपनि कुन दलले कति सिट पाउने टुंगो लगाएको छैन् । तर, सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान ८/८ सिट पाउने देखिन्छ । माओवादीले ४ र राजपाले एक सिट पाउने छ ।
समानुपातिक सिटको आधारमा प्रदेश ७ को प्रदेशसभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । तर, प्रत्यक्षतर्फ १७ सिट जितेको उसलाई बहुमतलाई २ सिट पुग्दैन ।
प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीको १४ सिट हुनेछ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सदस्य भए पुग्छ भने दुई तिहाईका लागि ३६ सिट । एमाले र माओवादी गठबन्धनसँग दुई तिहाई पुगेको छ ।
कांग्रेसको प्रत्यक्ष ४ सहित १२ सिट हुनेछ भने प्रत्यक्षमा एक सिट जितेको राजपाको कुल २ सिट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७