वाम गठबन्धनका शीर्ष नेताले भने,‘अब पार्टी एकता चाँडै गर्छौ’ (भिडियोसहित)


१ पुष २०७४, शनिबार
jhalnatha khanal nepal isor prachanda
????????????????????????????????????

काठमाडौँ: वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका सदस्यले शनिबार आयोजना गरेको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई पार्टीमा निर्वाचनमा देखिएको उत्साहले पार्टी एकता चाँडै हुने उद्घोष गरे ।

jhalnatha khanal nepal isor prachanda

हाल ‘प्रचण्ड’ले अब चाँडै नै पार्टी एकतालाई टुंगोमा पुर्‍याइने बताए । “दुवै पार्टीले आत्मसात् र सक्रियता देखाएर जनताबाट ठूलो जनमत हामीले पाएका छौँ, यो जनअनुमोदित परिणामले पार्टी एकतालाई थप बल पुगेको छ । अव पार्टी एकतालाई अन्तिम रुप दिनुपर्दछ”–उनले भने ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड

एमाले र माओवादी केन्द्रको फ्युजनबाट वाम गठबन्धनले बहुमत ल्याएको भन्दै अध्यक्ष दाहालले भने, “निर्वाचनको परिणामले मुलुक समाजवादको युगमा प्रवेश गरेको छ । यो देश बनाउने अवसरलाई हामीले गुमाउने दिने छैनौँ ।” उनले देशले झन्डै ७० वर्षपछि पाँच वर्षको लागि स्थिर सरकार पाउन लागेको चर्चा गर्दै अब बन्ने स्थिर सरकार कम्युनिष्ट राजनीतिको निम्ति देश बनाउने नयाँ युग भएको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले वाम गठबन्धनलाई मुलुकको राजनीतिक स्थायित्व र विकास गर्नका लागि जनमत आएको धारणा राखे।

एमाले वरिष्ठ नेता झलनाथ खनाल
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता चाँडै हुने दाबी गरे । उनले क्रान्ति र संघर्षको युग समाप्त भएको भन्दै मुलुक नयाँ युगमा प्रवेश गरेको बताए । उनले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने भन्दै अब मुलुकमा समाजवाद निर्माण हुने धारणा राखे ।

पूर्वप्रधानमन्त्री खनालले निर्वाचन आयोगद्वारा अन्तिम परिणाम घोषणा हुनासाथ नयाँ सरकार बन्ने ठोकुवा गरे । वाम गठबन्धनले लोकतन्त्रलाई अझै सुदृढ बनाउने उनको भनाइ थियो । “निर्वाचनका बेला हामीमाथि लोकतन्त्र विरोधी भन्ने लागेको आरोप चिर्नुपर्दछ’ उनले भने, ‘त्यसैले लोकतन्त्रलाई अझ मजबुत बनाउन आवश्यक छ ।’ नेता खनालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा राखी कतै पनि नढल्किने बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले दुई पार्टी एकता गर्न विलम्ब गर्न नहुने धारणा राखे । उनले जनताले वाम गठबन्धनलाई विश्वास गरेर बहुमत दिएको भन्दै अब जनमतको कदर गर्दै विलम्ब नगरी पार्टी एकता टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखे ।nepal

वाम गठबन्धनले प्राप्त गरेको जनमतले कम्युनिष्ट पार्टी र मुलुकलाई परिवर्तनको संवाहकका रुपमा उम्भाएको उनको तर्क थियो । पूर्व प्रधानमन्त्री नेपालले दुई पार्टीको गठबन्धनले बहुमत आएको केन्द्रीय र प्रदेश सरकार गठन संविधानले दिएको सीमाभित्र गर्नुपर्ने भन्दै उनले प्रतिपक्षलाई समेत विश्वासमा लिएर काम गर्नुपर्ने धारणा राखे ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित हुनु भएका एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकले राजनीतिक स्थायित्व पाएको भन्दै अब वाम गठबन्धनले मुलुकलाई समृद्धिमा लैजाने बताए । कार्यक्रममा उक्त निर्वाचन क्षेत्रका प्रदेश सभाका सांसद नारायण सिलवाल र दिपक निरौलासमेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७