अनिल गुरुङ ३२ इन्च टिभिसहित सम्मानित


२ पुष २०७४, आईतवार
duhabi gold cup manag vs Nepal army 20

काठमाडौं : राष्ट्रिय टिमबाट भर्खर सन्यास लिएको नेपाली फुटबलका पूर्व कप्तान अनिल गुरुङ दुहुबीमा सम्मानित भएका छन् । दोस्रो दुहवी गोल्ठकपको समापनमा गुरुङलाई ३२ इन्चको टिभि प्रदान गर्दे सम्मान गरेको हो । उनी प्रतियोगिताको उत्कृष्ट फरवार्ड समेत घोषित भए । उनले १० हजार नगदसहित मेडल प्रमाणपत्र प्राप्त गरे । duhabi gold cup manag vs Nepal army 20
गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदीको क्लबले जितेको छ । शनिवार त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङले आर्मीलाई २–१ गोल अन्तरले उपाधि जिते ।
प्रतियोगितमा मनाङका सुजल श्रेष्ठ सर्वोत्कृष्ठ खेलाडी, विशाल राई उत्कृष्ट खेलाडी, दिनेश थापा मगर उत्कृष्ट गोल रक्षक , पेट्रिक उत्कृष्ट डिफेन्स, छिरिङ लोपसाङ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
यस्तै त्रिभुवन आर्मीका भरत खवास उत्कृष्ट मिड फिल्डर र एलेभेन एरोज क्लब दुहवीका श्रीजित कार्की उत्कृष्ट राइजिङ खेलाडी घोषित भए । भने सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७