कांग्रेसको जनमत घटेन सिट मात्रै घट्यो


३ पुष २०७४, सोमबार
congress

काठमाडौं : कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ ।  आजको नयाँ पत्रिकामा खबर छ ।congress

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।

माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।

एमाले : समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट

कांग्रेस : समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट

माओवादी : समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट

राजपा : समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट

फोरम : समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट

अन्य : समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७