प्रदेश नम्बर ४ का मन्त्रालय कहाँ कहाँ ?


३ पुष २०७४, सोमबार
7 State of Nepal provice 4 nayapage

कास्की: प्रदेश नम्बर ४ का मन्त्रालय कहाँ कहाँ रु यो प्रश्नको आतुरकताका साथ उत्तर खोज्न चाहनेहरू धेरै छन् । सर्बसम्मत रुपमा यस अघिनै प्रदेश नम्बर ४ को राजधानीको रुपमा छनोट भएको पोखरामा प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, १२ मन्त्रालयका कार्यालयसँगै निवासका लागि भवन पनि छनोट गरिसकिएको छ ।7 State of Nepal provice 4 nayapage
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रिय प्रशासक बाबुराम गौतमको संयोजकत्वमा गठित कार्यादलले कार्यालयसँगै निवासका लागि पोखरामा रहेका विभिन्न कार्यालयहरु छनोट गरि केन्द्रमा सिफरिस गरेको कास्कीका प्रमुुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
टोलीले पोखरा नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश सभा र प्रदेश सभाको सचिवालय, क्षेत्रीय प्रशासन कार्यालय बा अध्यागमन कार्यालय मध्ये एकमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय प्रशासकको क्बाटरमा प्रदेश प्रमुखको निवास, जिल्ला समन्वय समितिको भवनमा मुख्यमन्त्रीको कार्यालय सगै मन्त्रिपरिषदको बैठक स्थल, पूर्वराजपरिबारले प्रयोग गरेको बैदामस्थित हिमागृहलाई मुख्यमन्त्रीको निवास, पोखरा डेमसाईड स्थित पर्यटन कार्यालयको नयाँ भवनमा सभामुखको निवास, एयरपोर्टस्थित तारागाँउ रिसोर्टमा उपसभामुखको निवास बनाउने गरि केन्द्रमा सिफारिस गरेको छ । टोलीले हिमागृहलाई मुख्यमन्त्रीको आवासका लागि प्रस्ताव गरेपनि पोखरामा त्यसको विरोध सुरु भएको छ ।
यसैगरी, मन्त्रालयहरुको लािग भू–संरक्षण कार्यालयमा प्रदेश मन्त्रिपरिषदको मुख्य सचिवको निवास, क्षेत्रीय वन निदेशनालय, क्षेत्रीय शिक्षा निर्दशनालय, खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरिभेक्षण कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, क्षेत्रीय हुलाक निर्देशनालय, क्षेत्रीय सडक निर्देशनालय बा सडक डिभिजन कार्यालय, क्षेत्रीय सिंचाई निर्देशनालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय माटो परिक्षण प्रयोगशाला, ४ नम्बर प्रदेश प्रहरी कार्यालयको भवन र शहरी बिकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय कास्कीमा बिभिन्न मन्त्रालय राख्न सिफरिस गरिएको छ । प्रदेश सभाको अन्तिम मतपरिणाम आएको २० दिनभित्र प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७