प्रदेशसभामा अधिकांश नयाँ अनुहार, प्रतिनिधिसभामा भने पुरानै दोहोरिए


३ पुष २०७४, सोमबार
7 State of Nepal

काठमाडाैं : प्रदेश ५ मा प्रतिनिधिसभाका २४ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका ११, माओवादीका ६, कांग्रेसका ५, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीका एकरएक जना विजयी भए । यो खबर आजको कान्तिपुरमा छ ।7 State of Nepal

एमालेबाट दाङ क्षेत्र ३ मा विजयी हिराचन्द्र केसी र १ का मेटमणि चौधरी, माओवादीबाट बर्दिया–२ मा विजयी सन्तकुमार थारू, कपिलवस्तुमा चक्रपाणि खनाल र कांग्रेसबाट रुपन्देही–४ मा विजयी प्रमोदकुमार यादव मात्रै नयाँ अनुहार हुन् ।

उनीहरू यसअघि सांसद र मन्त्री भएका थिएनन् । प्रदेशसभामा विजयी धेरैजसो पहिलोपटक संसद् जाँदै छन् । दाङ २ को प्रदेशसभा ‘क’ बाट विजयी एमाले नेता शंकर पोखरेल मात्र पुराना अनुहार हुन् ।

प्रतिनिधिसभाका २४ निर्वाचन क्षेत्रबाट दुई महिला, चार मधेसी, दलित, थारू र मुस्लिम एक–एक जना मात्रै विजयी भए । त्यस्तै, प्रदेशसभाका ५२ निर्वाचन क्षेत्रबाट महिला एक र मधेसी १३ जना उम्मेदवार विजयी भए ।

प्रदेश ५ का १२ जिल्लामध्ये ६ वटा पहाडी हुन् । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिस्पर्धी दलले प्रत्यक्षमा कमै मात्र दलित, महिला र मधेसी उम्मेदवार उठाएका थिए । सबैजसो वाम गठबन्धनबाट विजयी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७