२०१८ मा कोरियाले लाने प्रवासी मजदुरको कोटा निर्धारण


३ पुष २०७४, सोमबार
koriya nepali kamdar
koriya nepali kamdar
फाइल तस्बिर

काठमाडौं: दक्षिण कोरियाले एसियाको बिभिन्न १६ देशबाट इपिएस रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत प्रवासी मजदुरहरु लाने गरेको छ ।
यसरी लाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्यक बर्ष तोक्ने गर्दछ । २०१८ मा कोरियन सरकारले लाने प्रवासी मजदुर कोटा आज बसेको (डिसेम्बर १५ ) प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले निर्धारण गरेको छ ।

कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यबस्थाछ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी हुनेछन । समितिले २०१८ कोलागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । यो ५६ हजार कोटा शंख्य मध्ये ४५ हजार नया (पिबिटी)प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर(सिबिटी) लैजाने भनि निर्णय गरेको छ ।

यो बाहेक पुन प्रवेश गर्ने ९कमिटेड र सिबिटी०प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ। प्रवासी मजदुर कोटा निर्धारण समितिले निर्धारण गरेको २०१८ को प्रवासी मजदुरको कोटा जम्मा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ अवधि पुरा गरेर जाने प्रवासी मजदुरको सख्या पूर्ति गर्नकोलागि हो भने ४ हजार ६ सय ८७ नयाँ माग भए अनुसार ल्याइने शंख्या हो ।

बाकी १० हजार बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई पठाइने छ भनिएको छ । यो ५६ हजार तोकिएको कोटा मध्येबाट कुन देशलाई कति कोटा दिने भन्ने निर्णय सम्बन्धित मन्त्रलयसग छलफल गरि रोजगार तथा श्रम मन्त्रीले अर्को बर्षको जनवरीमा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७