सविन र सरोजले भने,‘हामिबीच कुनै तिक्तता छैन्’ (भिडियाेसहित)


३ पुष २०७४, सोमबार
sabin karki and saroj adhikari

कठमाडौं : नेपालका चर्चित डान्स गु्रप ‘कार्टुन क्रृ’का पूर्व टिम क्याप्टेन सविन कार्की र तत्कालिन क्याप्टेन सरोज अधिकारीले आफुबीच कुनै तिक्तता नरहेको बताएका छन् । sabin karki and saroj adhikari
कार्टुन क्रृ र सविनले दिएको अन्र्तवाताका कारण आएको विवाद विषयमा सोमबार भिडियो मार्फत गरेका गल्तीप्रति क्षमा माग्दै कुनै विवाद नरहेको स्पष्ट गरेका हुन् ।
दुबैजनाले दर्शकहरुले दिएको माया प्रति धन्यवाद व्यक्त गर्दे नसोचेको विवाद बजारमा आएको बताए । ‘अहिले आइरहेको विवाद हामिले सोचेको थिएनौं, यो कुरा हामिले मिलाइसकेका छौं ।’, सविनले भने,‘ हामी पुराना कुरा छोडेर अगाडि बढ्न चाहान्छौँ, नकरात्मरुपमा नलिइ सकारात्मक सन्देस दिन चाहान्छौ’
यस्तै सराजले अन्तर्वार्तामा आफना सर्घषको कुरामा सेयर गरेको तर सविनकाे कारणले दुःख पाएको भन्ने कुरा गलत भएको बताएका छन् । उनले भनेका छन्,‘हामीले दिएको अन्तर्वार्तामा जुन कुरा भनेको थियौँ, त्यो हामि सर्घष गर्दा क्षणहरुको व्याख्या गरेका हौँ । ’
उनले थपेका छन्,‘अन्र्तवार्तामा हामिले एउटा क्याप्टेन विना कारण छोड्दा पाएको दुखका सेयर गरेका हौँ, जुन नकारात्मक रुपा आयो ।’
उनले ब्रेक लिने कुराको डान्स छोड्न लागेको नभइए जनवरीमा कुनै म्युजिक काम नगरि आराम गर्न लागेको पनि स्पष्ट गरेका छन् । उनले भनेका छन्,‘हामिले लिने ब्रेक सविनको कारणले लिने भनेको होइन, हाम्रो टिमको क्षमता अभिवृद्धि गर्नका लागि एक महिना कुनै प्रोजेक्टमा काम नगर्ने भनेका हौँ’
यस्तै दुबै जनाले आफुहरु यस क्षेत्रमा नयाँ भएको र केही सिक्दै मात्र गरेको बताउँदै साथ र सहयोग सँधै गरिहन आग्रह गरे । उनीहरुले क्रृको आस्मा विश्वकर्मालाई गाली नगरिदिन आग्रह गरेका छन् । सविनले उनी आफनो भाइटिका लगाएको बहिनी भएको समेत बताए ।
सविन केही दिन अघि एक अनलाइनसँगै कुरा गर्दे ‘कार्टुन क्रृ’का सबै टिमले पूर्व क्याम्टेन (सविन) छोड्दा कुरा र त्यसपछि पाएको दुःखको विषयमा अन्र्तवार्त दिएका थिए । भने सविनले आफुले कुनै कृ्रमा आफुले सबै कुरा गरि आएकोमा टिम अन्य साथिहरुले पनि अवसर पाओस भनेर छोडेको बताएका थिए ।

भिडियाे

https://www.youtube.com/watch?v=3hhmU-3M46E

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७