चीनले उत्तर कोरियाली कपडा कम्पनीहरू बन्द गर्ने


१५ आश्विन २०७४, आईतवार
China North korea

काठमाडौं: अमेरिकाले संयुक्त राष्ट्र संघको पहलमा उत्तर कोरियामाथि गरेको नाकाबन्दीमा चीनले सहयोग गर्ने भएको छ। उत्तरको दोस्रो ठूलो राजस्व स्रोतका रूपमा रहेको ‘टेक्सटायल’ ९कपडा० मा रहेको आफ्नो हात चीनले झिक्ने भएको हो।China North korea

चीनले आगामी जनवरी महिनाभित्र आफ्नो भूभागमा संचालित उत्तर कोरियाली कम्पनीहरु बन्द गरिने बताएको बिबिसीमा उल्लेख छ। उत्तर र चीनका संयुक्त रूपमा सञ्चालित कम्पनीसमेत बन्द गरिने चीनका चीनको वाणिज्य मन्त्रालयले बताएको छ ।धेरै आग्रह र चेतावनीका बावजुद पनि उत्तरले आणविक हतियार बनाइरहेको र लगातार क्षेप्यास्त्र परीक्षण गरेकाले संयुक्त राष्ट्र संघले उसविरूद्ध नाकाबन्दी लगाएको थियो।

यसपछि अमेरिका र उत्तरबीच तनाव बढ्दै गएको थियो। केही साताअघि उत्तरले जापानी आकाश हुँदै र पछि हाइड्रोजन बम भएको दावी गर्दै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चुलिएको हो। यसपछि राष्ट्र संघ सुरक्षा परिषद वैठकले उत्तरमाथि कडा नाकाबन्दी लगाएको थियो जसमा उसलाई सिमित तेल आपूर्ति गर्ने र टेक्सटायल आयात बन्द गर्ने भएको थियो।चीन पनि सुरक्षा परिषद्को स्थायी सदस्य हो। र, उत्तरका यी दुवै कुरामा चीनको साझेदारी छ। उत्तरको टेक्स्टायल उद्योगको ठूलो हिस्सा चीनसँगको सहकार्यमै छ। चीनको यो कदमले उत्तरले ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७