अमेरिकामा सुम्निमा साँझ पुस ९ मा


Author
६ पुष २०७४, बिहीबार

जसकुमार राई
न्यू योर्क । नियमित रुपमा ९ वर्षदेखि हुँदै आएको सुम्निमा साँझ यसपटक साँझ पुस ९ आयोजना गर्दैछ ।

change sumnima
अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले यो कार्यक्रम २०६६ देखि वार्षिक रुपमा आयोजना गर्दै आएको छ । यस पटक यो कार्यक्रम गरिएको ९ वर्ष पुग्ने भएकाले कार्यक्रमका नामा ‘सुम्निमा साँझ–९’ राखिएको छ । यो कार्यक्रम हरेक वर्ष मंसिर १५ – पुस १५ का बीचमा हुन्छ । यसपटक कार्यक्रम पुस ९ मा क्वीन्स, अस्टोरियमा हुँदैछ ।

अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले यो कार्यक्रम २०६६ देखि वार्षिक रुपमा आयोजना गर्दै आएको छ ।

कार्यक्रममा मुख्य रुपमा राईहरुको संस्कृति झल्किने साकेला नृत्य र अमेरिकामा रहेका राई समुदायको इतिहास र गतिविधि समावेश भएको भिडियो प्रस्तुत गरिने छ । ‘साथै मनोरञ्जनका लागि चर्चित कलाकारले प्रस्तुति दिनेछन्,’ सुम्निमा साँझ–९ आयोजक कमिटीका संयोजक सुमन नाछिरिङले भने ।
कार्यक्रममा पार्वती राई, नरेन्द्र प्यासी, तिलकबम मल्ल र सुमन बुढामगर लगायतका चर्चित कलाकारले प्रस्तुति दिनेछन् । साथै, स्थानीय नेपाली कलाकारको ब्याण्ड प्रस्तुति र नाचगान हुने संयोजक नाछिरिङको भनाइ छ ।
सुम्निमा साँझ नेपाली समुदायले चलाएको तथा नियमित रुपमा चलेको चर्चित कार्यक्रम हो । संयोजक नाछिरिङ किरात राई समुदायको यो कार्यक्रम सबै नेपाली समुदायमाझ चर्चित रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७