सलमानको फिल्म ‘टाइगर जिंदा है’ कुनै पनि थिएटरमा चल्न नदिने धम्की


६ पुष २०७४, बिहीबार
Tiger Zinda Hai

भारत : सलमान खानको र कटरीना कैफका फिल्म ‘टाइगर जिंदा है’ यही डिसेम्बर २२ मा रिलिज हुँदै छ। फिल्मलाई लिएर विरोध हुनु कुनै नयाँ कुरा होइन तर यस पटक भने फरक कारणले गर्दा विवाद आएको छ। Tiger Zinda Hai
फिल्म ‘टाइगर जिंदा है’को समयमा मराठी फिल्म ‘देवा’ पनि रिलिज हुने भएको छ। सलमानको फिल्म ‘टाइगर जिंदा है’ को कारणले मराठी फिल्मको प्राइम टाइम मिलेको छैनन्।

एमएनसी लिडर शालिनी ठाकरे सोको प्राइम टाइम नमिलेको कुरालाई लिएर धम्की दिँदै भनिन्,’मराठी फिल्मका लागि प्राइम टाइम सो मिल्नुपर्छ पर्छ।’

यदि हिन्दी फिल्म इंडस्ट्री मराठी फिल्मको खर्चमा स्क्रीन स्पेस लिएमा यसको विरोध गर्ने उनले बताइन्।
एमएनएस चिफ राज ठाकरेले मुंबईको थिएटर मालिकलाई बाट यस्तो धम्कीले भरिएका लेटर पठाएको छ। जसमा उनले यदि मराठी फिल्म ‘देवा’ को प्राइम टाइम नदेखाए सलमानको फिल्म ‘टाइगर जिंदा है’ पनि कुनै थिएटरमा चल्न नदिने लेखिएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७