यसरी ओरालो लागे कपिल


८ पुष २०७४, शनिबार
Kapil Sharma

वर्ष २०१७ लाई कपिल शर्माले कहिल्यै सम्झन चाहनेछैनन् । सफलताको उचाइमा उडिरहेका कपिल यो वर्ष तीव्र गतिमा जमिनमा पछारिए ।Kapil Sharma

आफ्ना अनौठा क्रियाकलापका कारण ठूल्ठूला बलिउड स्टारलाई हैरान बनाइसकेका यी व्यंग्यकार अभिनेता व्यक्तिगत आचरणका कारण पनि विवादमा तानिए । नशामा चुर भएर सुनील ग्रोवरलाई कुटपिट गरेदेखि नै उनको लोकप्रियतामा कमी आएको थियो । उक्त घटनापछि उनको लोकप्रिय टेलिभिजन कार्यक्रम नै बन्द भयो ।
कार्यक्रमको प्रसारण रोकिएपछि चिन्तित कपिल आफ्नो पछिल्लो चलचित्र फिरंगीको असफलतापश्चात् थप तनावमा आए । चलचित्रले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । चलचित्रले पहिलो साता १० करोड रुपैयाँको व्यापारसम्म गरेन । जबकि उनको अघिल्लो चलचित्र किस किसको प्यार करुँले पहिलो दिन नै १६ करोड रुपैयाँको व्यवसाय गरेको थियो । निर्माताका रूपमा कपिलले पहिलो चलचित्रबाटैे असफलता बेहोर्नुपरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७