माेदीसमेत पुगेकाे अनुष्का-विराट बिहेको रिसेप्सन पार्टीमा कति खर्च ?


९ पुष २०७४, आईतवार
virat kohli anushka sharma meet pm narendra modi

काठमाडौं (एजेन्सी) : भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको रिसेप्शन आयोजना दिल्लीको पांच तारे होटलमा गरियो । उक्त रिसेप्सन पार्टीमा केहि यस्तो महान व्यक्तिहरू पनि आए । विराट र अनुष्काको रिसेप्शन पार्टीमा भारतको प्रधानमन्त्रि नरेन्द्र मोदीलाई पनि आए । प्रधानमन्त्री मोदी उनीहरुको रिसेप्शन पार्टीमा पुगी शुभकामना दिए।virat kohli anushka sharma meet pm narendra modi
होटल ताज डिप्लोमेटिकको दरबार हलमा भएको यस रिसेप्सनमा कति खर्च भयो होला भनेर धेरैमा चासो हुन सक्छ । उक्त पार्टीमा विराट–अनुष्काले करिब एक करोड खर्च गरे । उनीहरुको खर्चको विल करिब भारु ५० लाख आएको छ ।

अब मुम्बईमा पनि यस्तै रिसेप्सन पार्टी चल्दैछ । त्यहाँ बलिउड सेलिब्रेटीदेखि किक्रेटरहरुको जमघट हुनेछ । खबरहरुमा जनाइए अनुसार मुम्बईको पार्टी राती ३ बजेसम्म चल्नेछ । ४० तला अग्लो होटल सेन्ट रेजिसको नवौं तलामा उक्त पार्टी आयोजना हुनेछ ।

त्यहाँको एस्टर बालरुममा रिसेप्सन पार्टी चल्नेछ । यहाँको रिसेप्सन पार्टीका लागि अनुष्का विराटले ६ सय जना पाहुनालाई बोलाएका छन् । यसमा धेरैजसो बि टाउन सेलिब्रेटी र क्रिकेटर छन् । त्यहाँ हुने पार्टीमा पाहुनाका लागि मल्टी डिशेज बुफे राखिएको छ । यसका साथै मदिराको पनि व्यवस्था गरिएको छ । तर, यहाँ दिल्लीको तुलनामा कम खर्च हुनेछ । रिसेप्सन पार्टीमा करिब ३० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७