सुम्निमा साँझमा झुमे नेपाली (फाेटाेफिचर)


Author
११ पुष २०७४, मंगलवार

 न्यू योर्क  : किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले सुम्निमा साँझ–९ सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
आफ्नो संस्कार र संस्कृति प्रबद्र्धन गर्ने उदेश्यले केआरएसएले हरेक वर्ष मंसिरे पुर्णिमाको अवसर पारेर यो कार्यक्रम आयोजना गर्दै आएको छ ।कम्तिमा ५ सय नेपाली सहभागी भएको उक्त कार्यक्रम आइतबार साँझ एस्टोरियामा आयोजना गरिएको थियो । आयोजक कमिटीका संयोजक सुमन नाछिरिङले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको प्रतिक्रिया दिए ।
‘क्रिसमस इभ भएपनि अपेक्षा गरेभन्दा बढी मानिस सहभागी भए,’ उनले भने, ‘यो कार्यक्रम अमेरिका बस्ने सबै नेपालीहरुका लागि उक्तिकै प्रिय छ ।’

कार्यक्रमको सुरुमा करिब १० मिनेट साकेल नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक नरेन्द्र प्यासी र तिलकबम मल्लले आफ्ना चर्चित गीत गाएका थिए भने पार्वती राईले चुलबुले नृत्य पस्केकी थिइन् ।

IMG 0871

विहान २ बजेसम्म चलेको कार्यक्रममा सुमन बुढा मगर बसन्ती राई, दिलिप मगर, राजेन्द्र राई (डिजे राजा), आदित्य लामा, यशोधा खालिङ राई लगायतका कलाकारले प्रस्तुति गरेका थिए ।

कार्यक्रममा पत्रकार आङछिरिङ शेर्पा, प्रशान यलुङ राई र लोकमणि राईलाई सम्मान गरिएको थियो । त्यस्तै गायक प्यासी, मल्ल र नृत्यङ्गना राईलाई पनि सम्मान गरिएको थियो ।

IMG 0704

IMG 0702

IMG 0879

IMG 0700
स्थानीय ब्याण्डका एक नेपाली युवा

IMG 0882


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७