हृदयेश त्रिपाठी सहित मधेसका प्रभावशाली नेताहरु एमालेको सूर्य चिन्ह्र लिएर चुनाव लड्ने


१६ आश्विन २०७४, सोमबार
hridayesh tripathi

काठमाडाैं  : राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठीले आगमी निर्वाचनमा नेकपा (एमाले)को सूर्य चिन्ह्र लिएर लड्ने भएका छन् । मधेसका प्रभावशाली नेता नेता त्रिपाठी सहित स्वतन्त्र राजनीतिक समूहका नेताहरुले सूर्य चिन्ह्र लिएर आगमी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने भएका हुन् ।

Nepal CPN UML

सोमबार नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहबिच सूर्य चिन्ह्र लिएर चुनाव लड्ने सहमति भएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । सोमबार भएको सहमतिमा नेकपा (एमाले)का तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट हृदयेश त्रिपाठी, बिके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश गुप्ताले हस्तक्षार गरेका छन् । हस्तक्षार गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेब गौतम लगायतका एमालेका शिर्ष नेताहरु उपस्थित थिए ।

उनीहरु मधेसका प्रभावशाली नेता हुन् । एमाले स्वतन्त्र राजनीतिक समूहबीच तराई मधेसको जनतालाई शोषण,उत्पीडन र असमानताबाट मुक्त गरेर समानता र समृद्धि तर्फ लैजाने पनि सहमति भएको छ ।

त्रिपाठीले रापजा छोडेपछि मधेसमा राजपालाई समस्या पर्ने मधेस मामिलाका जानकारहरु बताउछन् । वाम राजनीतिबाट प्रभावित भई २०३१ सालदेखि राजनीतिमा सक्रिय त्रिपाठी यसअघि  तमलोपाको उपाध्यक्ष तथा संसदिय दलको उपनेता समेत भइसकेका छन् । त्रिपाठीसँग गणतन्त्र पछि र अघि गरी पटक पटक मन्त्री भएको अनुभव छ । उनले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बताएका छन् ।  निक्कै चतुर राजनीतिक खेलाडीका रुपमा स्थापित त्रिपाठी पछिल्लो समयमा मधेसवादी शक्तिका तर्फबाट महत्वपूर्ण राजनीतिक निर्णय गर्ने ठाउँहरुमा तथा बिभिन्न सरकारमा निरन्तर सहभागि थिए ।

प्रेस विज्ञप्ती

Press Note

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७