तेस्रो विश्वयुद्धका १० संकेतहरु


१३ पुष २०७४, बिहीबार
yu

एक शताब्दीमा विश्वले दुई विश्वयुद्ध भोगिसकेको छ । यसका कारण करोडौ मानिसहरुले ज्यान गुमाए भने खबौ सम्पत्तिको विनाश भयो । अब केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् । विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस गरेको उनीहरु बताउँछन् ।yu

१. विश्वका महान शक्ति राष्ट्रहरु एक–अर्काको विपक्षमा रहेका छन्

संयुक्त राज्य अमेरिका, चीन, रुस जस्ता राष्ट्रहरु एक अर्कालाई बारम्बार चुनौती दिने गरेका छन् । सिरियामा अमेरिका र रुस अगाडि देखिएका छन् । त्यस्तै दक्षिण चीन सागरमा चीन र अमेरिका एकअर्कालाई चुनौती दिइरहेका छन् । यी राष्ट्रहरुबीच युद्ध हुने सम्भावना उच्च रहेको छ ।

२. शियाको विरुद्ध सुन्नी

सिरिया र इराकको युद्धले इस्लामका दुइृ मुख्य भाग शिया र सुन्नीबीच फाटो ल्याइएको छ । शियाले इरानको समर्थन गरेका छन् । सुन्नीले भने साउदी अरबको समर्थन पाएका छन् । यी दुवैलाई परमाणु हतियारले बलिया मानिएका राष्ट्रहरुको समर्थन रहेको छ ।एउटालाई अमेरिकाको समर्थन रहेको छ भने अर्कोलाई रसीयाले समर्थन गर्दै आइरहेको छ ।

३. दक्षिण चीन सागरलाई लिएर तनाब

अमेरिका र चीनबीच दक्षिण सागरलाई लिएर टेन्सन चलिरहेको छ । चीनले दक्षिण चीन सागरमा कृत्रिम आइसल्याण्ड बनाइ राखेको छ । चीनले एक हिसाबले चिनियाँ सागरबाट ताइवान र फिलिपिन्स लगायत अन्य देशहरुलाई आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गर्न खोजेमा युद्धको चुनौती दिएको छ ।

४. इराकद्धारा आक्रमण

जर्ज बुशले इराकमा अमेरिकाले गरेको आक्रमण तेस्रो विश्वयुद्धको संकेत भएको बताएका थिए ।

५. इन्टर–कन्टिनेन्टल संघर्ष

पहिलो विश्वयुद्ध झै आइएसआइएसविरुद्ध सबैले युद्धको घोषणा गरेका थिए र धेरै राष्ट्रहरु यस आक्रमणमा सहभागी समेत रहेका छन् । तर, आतंकवादी संगठनहरु विश्वभर फैलिदै चुनौती दिइ रहेका छन् ।

६. विनाशको तर्क

आइएसआइएसको विरुद्ध लडिरहेका देशहरुको एउटै लक्ष्य रहेको छ । दुश्मनहरुलाई नष्ट पार्नु । यही कारण पनि एक देशले अर्को देशलाई हेर्ने नजर पनि त्यस्तै रहेको छ ।

७. क्रिमिया क्षेत्रको तनाब

रुस र युक्रेनबीच चलिरहेको तनाब रोकिने पक्षमा देखिएको छैन । क्रिमियाको प्रश्न रहेको छ कि रुसले कब्जा गर्नु समस्याको समाधान होइन । उता रुसी सेना भने उक्त क्षेत्रमा संघर्षरत रहेका छन् ।

८. आक्रामक नेता

रुसका पुटिन र उत्तर कोरियाका शासक किम–जोङ–उन आक्रामक नेताका रुपमा चिनिन्छन् । उनीहरुले कतिखेर के गर्छन् विश्वास गर्न नसकिने अमेरिकन विश्लेषहरु बताउँछन् । आफ्नो रबाफ देखाउन पनि उनीहरु जस्तोसुकै कदम चाल्न पछि पर्दैनन् ।

९. गतिशिल अमेरिका

जर्ज डब्लु बुशले इराकमा आक्रमण गरेकै कारण धेरै मानिसहरुले तेस्रो विश्वयुद्धको संघारमा विश्व रहेको बताउँदै आइरहेका थिए । तर, अबको चुनाबमा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा एउटा नयाँ युद्धको सुरुवात हुने केही विश्लेषहरु बताउँछन् ।

१०. केही देशहरु अराजकता उत्रिने गर्छन्

छिमेकी राष्ट्रहरुसँग धेरै राष्ट्रहरुको तालमेल राम्रो छैन । उनीहरु आफ्नै छिमेकी राष्ट्रहरुविरुद्ध षडयन्त्र बनाउने र विभिन्न हत्कण्डा अपाउने गरेका छन् । त्यसकारण पनि ठुलो समस्या विश्वले भोगिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७