आगलागी पीडितलाई एमालेको सहयोग


१४ पुष २०७४, शुक्रबार
amele

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा एमाले म्याग्दीले एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । amele

गत शनिबार दिउँसो आगलागी हँुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा एमाले म्याग्दीद्वारा संकलन भएको एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराइएको हो । सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई ९५ हजार ११५ र राजकुमारी तिलिजालाई ११ हजार सहयोग गरिएको नेकपा एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावललगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका थिए ।

आगलागीबाट घरभित्रको सम्पूर्ण सामानसहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठूलो क्षति व्यहोरेको समयमा नेकपा एमाले म्याग्दीले बेनीमा संकलन गरी उपलब्ध गराएको सो सहयोगले पीडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको भन्दै पीडितले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७