वहुप्रतिक्षित मेलम्चीको भोलि ‘ब्रेकथ्रु’


१४ पुष २०७४, शुक्रबार
melamchi tunnel

काठमाण्डौं : वहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको अम्बाथान–ग्याल्थुम खण्ड सुरुङ्ग भोलि ब्रेकथ्रु हुँदैछ ।melamchi tunnel

करीब ८ किलोमिटरको यो खण्डको ब्रेकथ्रुरु शनिबार हुने आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिएका छन् । त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेकथ्रु गर्न बाँकी रहने जनाइएको छ । उक्त खण्डको पाँच सय १५ मिटर खन्न बाँकी छ । आगामी चैतसम्म काठमाण्डौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।

‘अर्को खण्ड पनि जनवरीभित्रै ब्रेकथ्रु गर्ने योजना आयोजनाको । ‘बाँकी खण्डमा नरम चट्टान भेटिएकाले केही समस्या छ । तर, समयमै काम सक्न हामी प्रतिवद्ध भएर लागिरहेका छौं’–देवकोटाले भने । उनका अनुसार सुरुङ खन्दा नरम चट्टान भेटिए समस्या हुन्छ, बलियो चट्टान भेटिंदा काम सहज हुन्छ । दुवै खण्ड ब्रेकथ्रुरु भएपछि सुरुङ खन्ने काम सकिने छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करीब नौ दशमलव चार किमि सुरुङ ०७३ मध्य पुसमै छेडिएको थियो । खनिसकिएको सुरुङको प्लास्टर र फिनिसिङको काम पनि सँगै अगाडि बढाइएको छ । सात महिना अघिदेखि सुरुङभित्र प्लास्टरको काम गरिँदैछ । सुरुङको प्लास्टरका भारतबाट आठ वटा मिक्स्चर मेशिन नेपाल आइसकेका छन् । सुरुङ छेडेर प्लास्टर सकिएपछि सीधै मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउने योजना छ । प्रशोधनपछि मात्रै यसलाई वितरण लाइनमा पठाइनेछ ।

प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ । साढे आठ करोड लिटर क्षमताको उक्त प्लान्टमा वागमतीको पानी हालेर परीक्षण गरिएको छ । ‘अब सुरुङबाट पानी ल्याउना साथ वितरण सञ्जालमा पठाउन समस्या हुँदैन’–देवकोटाले भने । सुरुङ निर्माणको काम इटालीको कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले गरिरहेको छ । चाइना रेल्वेले सेप्टेम्बर २०१३सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको थियो । तर, काम सुस्त भएपछि सन् २०१२ मा सम्झौता तोडिएको थियो । त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो । इटालीको कम्पनीले पनि भूकम्प र नाकाबन्दीको कारण समयमै काम गर्न सकेको थिएन । अब भने अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७