सरकारले किन्यो पहिलो विद्युतीय कार


१४ पुष २०७४, शुक्रबार
800px Toyota Prius Plug In Hybrid IAA 2009

काठमाडौं: राष्ट्रिय योजना आयोगले इलेक्ट्रिक कार खरिद गरेको छ । यो सरकारी स्रोतबाट खरिद गरिएको पहिलो विद्युतीय सवारी साधन भएको आयोगको भनाइ छ ।

आयोगका उपाध्यक्ष स्वणिर्म वाग्लेका अनुसार यसअघि विदेशी सहायतामा सरकारलाई विद्युतीय सवारी साधन उपलब्ध भएको थियो । अहिले भने सरकारी खर्चमै खरिद गरेको हो, जसको मूल्य ६० लाख रुपैयाँ परेको छ ।

विद्युतीय सवारी साधन चार्ज गर्न आयोग परिसरमा चार्जिङ स्टेसनसमेत जडान गरिएको छ । वाग्लेले भने, ‘बढ्दो व्यापार घाटा कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेछ । यसको शुरुवात सरकारले नै गर्नुपर्छ भनेर हामीले सवारी किन्दा विद्युतीय रोजेका हौं ।’

विद्युत प्राधिकरणले पनि विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्ने नीति लिएको छ ।आयोगले खरिद गरेको कारको ब्याट्री ‘नन(टक्सिक’ रहेको कम्पनीको दाबी छ । त्यसले वातावरणमा कुनै असर नपार्ने कम्पनीको भनाइ छ ।

कारको उद्घाटनमा पुगेका सांसद रविन्द्र अधिकारीले अब स्वदेशमै यसखाले कारको उत्पादन थाल्नुपर्ने बताए । त्यसबाट व्यापार घाटा कम हुने मात्र नभई रोजगारीको अवसर पनि सिर्जना हुने सांसद अधिकारीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७